नेपालगञ्ज उपमहानगरपालिकालाई ’लु’ प्रतिकार्य योजना हस्तान्तरण

सदरलाइन संवाददाता २८ मंसिर २०७९, बुधबार १७:४५
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकालाई ’लु’ प्रतिकार्य योजना हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबद्र्धनसिंह सम्झनाले नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख कमरुद्दिन राईलाई ’लु’ प्रतिकार्य योजना २०२३ हस्तान्तरण गरेका हुन् ।

फिनिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले नेपालगञ्जका २३ वटै वडामा ’लु’ परियोजना सञ्चालन गरेको छ । मुलुकमै पहिलोपटक ’गर्मी प्रभावित सहर नेपालगञ्ज’ मा २०२१ देखि यो कार्यक्रम शुरु गरिएको हो । ’लु’ चलेको समय, ’लु’ पूर्व र ’लु’ पछिको अवस्थामा गर्नुपर्ने कार्यहरु समेटेर तत्कालीन र दीर्घकालीन योजनाहरु तयार गरिएको छ । नेपालगञ्जको सन्दर्भमा ६ वा त्यो भन्दा बढी दिनसम्म लगातर ३८ डिग्री सेल्सियस भन्दा माथि तापक्रम रहिरहेमा ’लु’ चलेको मानिन्छ ।

कार्यक्रममा बोल्दै कार्यबहाक नगर प्रमुख राईले ’लु’ प्रतिकार्य योजना नेपालगञ्ज उपमहानगरपालिका र २३ वटै वडाहरुका लागि मार्गदर्शकका रुपमा रहने भन्दै त्यसै अनुरुप कार्यान्वयन पक्षलाई मजबुत बनाउन प्रतिबद्ध रहने बताए । उनले ’लु’ नेपालगञ्जको प्रकोपका रुपमा रहेको बताउँदै दीर्घकालीन योजना स्वरुप हरियाली प्रबद्र्धनलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।


कार्यक्रममा रेडक्रस बाँकेका सभापति गोबद्र्धनसिंह सम्झना, रेडक्रसका उपनिर्देशक दोलखबहादुर डाँगी, फिनिस रेडक्रसकी प्रतिनिधि कल्पना रिजाल, वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव चिरञ्जिवी ओली, भेरी अस्पतालका चिकित्सक डा.लक्ष्मण सिग्देल, बासका शिवकुमार बर्मा लगायतले ’लु’ लाई प्रकोपका रुपमा बुझ्दै यसबाट जोगिन पूर्व तयारी र सचेतना जरुरी रहेको बताए । यससंग जुध्न तत्कालीन र दीर्घकालीन कार्ययोजनाका साथ अघि बढ्नुपर्ने सुझाए ।

’लु’ परियोजनाकी परामर्शकर्ता आश्मा सुवेदीले प्रतिकार्य योजनाका विषयमा प्रस्तुतिकरण गरेको कार्यक्रमको सहजीकरण रेडक्रसका झबिलाल शर्माले गरेका थिए । कार्यक्रममा रेडक्रस बाँके शाखाका मन्त्री अजिज अहमद सिद्दिकी, नेपालगञ्ज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुस २ गते दैलेखी समाजको गाभरमा बनभोज (पिकनिक)

२८ मंसिर २०७९, बुधबार १७:४५
नेपालगञ्ज :  कर्णाली प्रदेशको सुन्दर जिल्ला दैलेखबाट बाँकेमा आएर बसोबास गर्ने दैलेखीहरुको हकहित र अधिकारका लागि मानविय कार्यमा समर्पित दैलेखी समाज बाँकेले पुस २ गते कोहलपुरको गाभरमा बनभोज (पिकनिकको) आयोजना गरेको छ । बाँके बर्दियामा बसोबास गर्दै आएका आम दैलेखीहरु बिच भाईचाराको सम्बन्ध कायम गरी यस संस्थालाई संस्थागत रुपमा अघि […]