नरैनापुरमा बन अतिक्रमण गरी बनाईएका १३ घरटहरा भत्काईयो ६ जना माथि मुद्दा

३२ जेष्ठ २०७७, आईतवार २२:२३
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  बाँकेको नरैनापुरमा राष्ट्रिय बन क्षेत्रमा अतिक्रमण गरी अबैध घरटहरा निर्माण गर्ने ६ जनालाई नियन्त्रणमा लिएर कारवाही प्रकृया सुरु गरीएको छ ।

डिभिजन बन कार्यालय बाँकेका प्रमुख मोहन श्रेष्ठले दिएको जानकारी अनुसार आईतबार बाँकेको नरैनापुर–१ झरुवा नाकाको राष्ट्रिय बनमा अतिक्रमण गरी १३ वटा घरटहरा निर्माण गरेका गंगाप्रसाद पासीसहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।

डिभिजन बन कार्यालय प्रमुख श्रेष्ठले सो कार्यका लागि बनकार्यालयबाट खटेका ९ जना, ईलाका प्रहरी कार्यालय भोजभगवानपुर र नरैनापुरमा खटेको बोेर्डर सुरक्षाको सशस्त्र प्रहरीको संयुक्त २० जनाको टोलीले १३ वटा घरटहरा नष्ट गरेको बताए ।


उनले सो टोलीले २० बिगाह अतिक्रमित जमिनबाट उनीहरुलाई उठाएको बताए । नियन्त्रणमा परेका उनीहरु राप्तीसोनारी र नरैनापुरका स्थानीय भएको जानकारी प्राप्त भएको छ । उनले यसअघि बन कार्यालयको संयुक्त टोलीले राप्ती सोनारी–६ को २ वटा सामुदायिक बन अतिक्रमण गर्ने ४ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाईएको जानकारी दिए ।

दुईवटा सामुदायिक बनमा करिव ३० हेक्टर जमिन अतिक्रमण गरिएको अवस्थामा त्यहा निर्माण गरिएको घरटहरा भत्काई असार महिना भरी बृक्षारोपण गर्ने योजना तय भएको डिभिजन बन कार्यालयका प्रमुख श्रेष्ठले बताए ।

Next Post

डुडुवाका १७ घर फर्किए, दुई थपिए

३२ जेष्ठ २०७७, आईतवार २२:२३
सदरलाइनडटकम, डुडुवा (बाँके)  : बाँकेको डुडुवा गाउँपालिकाको विभिन्न आईशोलेशन सेन्टरमा रहेका १७ जनाले कोरोना जितेर घर फर्केका छन् । डुडुवा गाउँपालिका वार्ड नं. १ अन्र्तगत रहेको सन्तलियास्थित आइसोलेशनबाट १० जना र वार्ड नं.४ को शाहपुर्वा आइसोलेशनमा रहेका ७ जनाको रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड बमोजिम घर पठाइएको […]