किशोरी बलात्कार आरोपमा चार जना पक्राउ

सदरलाइन संवाददाता २ चैत्र २०७७, सोमबार १६:५८
 

डडेल्धुरा : परशुराम नगरपालिकाकी १४ वर्षीया किशोरी बलात्कार आरोपमा चार जना पक्राउ परेका छन् । चार–पाँच महिना अगाडिदेखि ललाई फकाई प्रलोभन देखाउँदै पटक पटक बलात्कार गरेको भन्दै प्रहरी चौकी शीर्षमा पीडित बालिकाका आफन्तले उजुरी दर्ता गरेपछि प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको हो ।

आरोपित एक जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

बलात्कार आरोपमा परशुराम नगरपालिका– ५ का २८ वर्षीय बलबहादुर पुन मगर, सोही ठाउँका १९ वर्षीय राजेश थापामगर, ७० वर्षीय प्रताप भट्टराई र १६ वर्षीय जगदीश थापा मगरलाई पक्राउ गरिएको उनले बताए ।

अदालतबाट म्याद थप गरी हिरासतमा राखेर आरोपितमाथि अनुसन्धान भइरहेको उनले बताए ।

फरार रहेका परशुरामन–५ कै २४ वर्षीय डम्फु सिजालीको खोजी भइरहेको प्रहरीले जनाएको छ । बालिकाको शारीरिक अवस्था सामान्य छ ।

Next Post

एमाले बाँके निकट युवा र विद्यार्थीको संगठन पुनरगठित

२ चैत्र २०७७, सोमबार १६:५८
नेपालगञ्ज : नेकपा एमाले बाँकेको पदाधिकारीको गत फागुन २९ गते अध्यक्ष सूर्य ढकालको अध्यक्षता एवम् पार्टी केन्द्रीय सदस्य तथा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्य, केन्द्रीय सदस्यद्वय देवराज भार र पुजन बिश्वकर्माको आतिथ्यमा पाँचौ बैठक सम्पन्न भएको छ । वैठकले राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु केन्द्र, […]