विपद् पूर्वतयारी अन्तर्गत सामग्री हस्तान्तरण

२२ माघ २०७५, मंगलवार १८:५७
 

सदरलाइनडटकम,
डुडवा (बाँके) : बाढी र डुबानबाट अति प्रभावित जिल्लाको डुडुवा गाँपालिकामा विपद् पूर्वतयारी तथा जोखिम न्युनिकरणका लागि उद्धार सामग्री हस्तान्तरण गरिएको छ । जिल्ला आपातकालिन कार्यसञ्चालन केन्द्रलाई आधार मानी नेपाल रेडक्रस सोसाइटी र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा विपद् पूर्वतयारी तथा विपद् जोखिम न्यूनिकरण कार्यक्रम र आपतकालिन स्वास्थ्य सेवा प्रतिकार्य क्षमता अभिबृद्धि कार्यक्रमको सहयोगमा खोज तथा उद्धार र आपतकालिन स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
मंगलवार आयोजित एक कार्यक्रमका बिच गाउँपालिकालाई रु ६ लाख बराबरको खोज तथा उद्धार र आपतकालिन स्वास्थ्य सामग्री १ सेट रबरबोट र आपतकालिन स्वास्थ्य सामाग्रीहरु प्रमुख जिल्ला अधिकारी एवम जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष मदन भुजेल र नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धनसिंह सम्झनाले संयूक्तरुपमा गाउँपालिका अध्यक्ष एवं स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक नरेन्द्रकुमार चौधरीलाई हस्तान्तरण गरे ।
डुडुवा गाउँपालिका हरेक वर्ष डुडुवा खोला र राप्ती नदीले बाढी तथा डुबानले क्षति पुर्याएको र आगामी दिनमा सो कार्यलाई नियन्त्रणका लागि सो सामाग्री वितरण गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी भुजेलले यस्ता सामग्रीले समयमै खोज तथा उद्धार गरी मानविय क्षति हुनबाट बचाउनको लागि ठुलो मदत पुग्ने बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बांकेका सभापति गोवर्धन सिंह सम्झनाले उपलब्ध सामाग्रीहरुको उचित संरक्षण र सम्वद्र्धन गर्न आग्रह गरे । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिका र रेडक्रसको समन्वय र सम्पर्कमा कुनै पनि विपद् पूर्व तयारी तथा प्रतिकार्यका गतिविधिहरु बढाई सम्बन्धलाई अझ गाढा बनाउंने प्रतिवद्धता जाहेर गर्दै निकट भबिष्यमा थप खोज तथा उद्धार सामग्रीमा मोटरबोटहरु खरिद गरि प्रयाग गर्ने बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साहिदा बानो, प्रमुख प्रशासकिय अधिकृत लोकेन्द्र ज्ञवाली, रेडक्रस बाँकेका मन्त्री अजिज अहमद सिद्धिकी, उपमन्त्री तेज बहादुर सुवेदी, रेडक्रस बेतहनीका सभापति सोहनलाल यादव, गाउंपालिका विपद् फोकलपर्सन मान बहादुर बोगटी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा खोज तथा उद्धार सामग्री एवं आपतकालिन स्वास्थ्य प्रतिकार्य सामग्रीबारे जिल्ला विपत समितिका सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले जानकारी गराएका थिए ।

Next Post

न्यरोडको गोदाममा प्रहरी र अनुसन्धानको छापा

२२ माघ २०७५, मंगलवार १८:५७
सदरलाइनडटकम,  नेपालगञ्ज : भन्सार छलेर भारतबाट अवैधरुपमा ल्याईएको लाखौं मुल्यको सामान भण्डारण गरेको आशंकामा नेपालगन्ज वडानम्बर २ मा रहेको एक गोदाम घरमा वडा प्रहरी कार्यालय नेपालगञ्ज र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले मंगलबार राती ८ बजेतिर छापामारेको छ । सो गोदामबाट प्रहरी र राजश्व अनुसन्धानको संयुक्त टोलीले ठूलो परिमाणमा खाद्य […]

सम्बन्धित