भेरी अस्पताल परिसरमा २० रुपैयामा पेटभरी खाना

सदरलाइन संवाददाता ७ कार्तिक २०७७, शुक्रबार १६:५१
 


नेपालगञ्ज : नेपालगञ्जको भेरी अस्पताल परिसरमा अस्पतालमा आउने विरामीका कुरुवा, विपन्न व्यक्तिलाई लक्षित गरी २० रुपैयामा एक छाक खाना पाउने व्यवस्था सञ्चालनमा ल्याईएको छ ।

सो सेवाको एक समारोहका बीच उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरका मेयर डा. धवल शम्शेर राणाले भेरी अस्पतालमा उपमहानगरसंगको सहकार्यमा सुरु गरिएको यो कार्यक्रम दुबै समय सञ्चालनमा ल्याउनको लागि आग्रह समेत गरे । हाल बिहान १० बजेदेखि १ बजेसम्मका लागि मात्र सञ्चालनमा ल्याईएको छ ।

सुन्दरकाण्ड मित्र मण्डलले भेरी अस्पतालमा उपचारको लागि आउने विरामी तथा उनका कुरुवा र विपन्न नागरिकको लागि अस्पताल परिसरमै २० रुपैयामा पेटभरी ताजा खाना दिने जस्तो मानविय सेवा सुरु गरेकोमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले सुन्दरकाण्ड मित्र मण्डललाई धन्यबाद दिए ।

नेपालगञ्ज उपमहानगरसंगको सहकार्यमा सुन्दरकाण्ड मित्र मण्डल नेपालगञ्जले भेरी अस्पताल परिसरमा आईतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि १ बजेसम्म २० रुपैयामा खाना खुवाउने कार्य सुरु गरिएको सञ्चालक समितिका विजयकुमार गुप्ताले जानकारी दिए ।


भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको र यस अस्पताल परिसरमा अत्यन्तै न्यून दरमा स्वस्थकर र ताजा खाना खुवाउने कार्यकोे सुरुवात हुनु सराहनिय कार्य हो ।

Next Post

नेपालगञ्जको घरबारीटोलमा मदरल्याण्ड होटल सञ्चालनमा

७ कार्तिक २०७७, शुक्रबार १६:५१
नेपालगञ्ज :  नेपालगञ्ज उप–महानगपालिका वडानं. २ मा रहेको होटल मदरल्याण्डले आज फूलपातिको दिनबाट आफ्नो सेवा सुरु गरेको छ । नेपालगञ्ज उप–महानगपालिकाका नगर प्रमुख डा. धवल शम्सेर राणाले उद्घाटन गरेपछि होटल सञ्चालनमा आएको हो । गत बैशाख मै सञ्चालनमा आउने गरी तयारीमा रहेको सो होटल कोभिड–१९ का कारण ढिलो गरी सञ्चालनमा […]