बुटवलका मेयरमाथि मुक्का प्रहार

सदरलाइन संवाददाता ४ आश्विन २०७८, सोमबार १३:५२
 

नेपालगञ्ज : पहिरो अवलोकन गर्न गएका बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई स्थानीय एक युवाले आक्रमण गरेका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर–३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको अवलोकनका लागि गएका मेयर सुवेदीलाई एक युवाले मुक्का हानेका हुन् ।

पहिरो पीडितलाई सरकारले केही नगरेको आरोप लगाउँदै ती युवाले मेयरलाई मुक्का हानेका हुन् । यति लामो दिन आफूहरु विस्थापित हुँदा मेयर कहाँ थिए भनेर आक्रोश पोख्दै उनी मुक्का हान्न पुगेका थिए । उनीमाथि आक्रमण भएपछि तत्काल जनपथ र नगर प्रहरीले रोकेका थिए ।


उनलाई मुक्का प्रहार भएको स्थानीयले खिचेको भिडियोमा प्रष्ट देखिन्छ । यता ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले मेयरमाथि आक्रमण भन्दा पनि स्थानीय आक्रोशित हुँदै होहल्लामात्रै भएको दावी गरे ।

यद्यपी आक्रमण गर्ने ती युवाको परिचय खुलेको छैन । उक्त क्षेत्रमा पहिरोका कारण करिब दुई दर्जन घरपरिवार प्रभावित भएका छन् । आफूहरु विस्थापित हुँदा समेत सरकारले नहेरेको भन्दै स्थानीय आक्रोशित बन्दै मुक्का प्रहार नै भएपछि मेयर फर्किएका थिए । सो स्थानमा पटक–पटक चुरे क्षेत्रबाट आउने पहिरोले समस्या पार्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सशस्त्र प्रहरीद्धारा ठुलो परिमाणमा अवैध सामान बरामद

४ आश्विन २०७८, सोमबार १३:५२
नेपालगञ्ज : सशस्त्र प्रहरीको बिओपी गस्तीले नेपालगञ्जको सिमा नाकाबाट भारतबाट भित्रिँदै गरिएको ठुलो परिमाणमा अवैध सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरीको नेपालगञ्ज भन्सारस्थित जमुनाहा बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जिबनलाल बुढाको नेतृत्वमा गएको गस्ती टोलीले भारतबाट तस्करहरुले भन्सार छली गरेर ल्याउँदै गरेको लाखौं रुपैयाँ बढीका अवैध लत्ताकपडा एबम किराना […]