सुरक्षाकर्मीलाई युवाको सर्जिकल ग्लोब सहयोग

१८ चैत्र २०७६, मंगलवार ०८:१०
 

सदरलाइन/ विश्वनाथ सिम्खाडा
कालिकोट :  महामारीको रूपमा फैलिँदै गएको कोरोना भाईरस अर्थात कोभिड –१९ नियन्त्रण तथा रोकथामका लागि कालिकोटका युवाहरू सक्रिय देखिएका छन् । लिंगासैनी युथ क्लव कालिकोटले जिल्लामा रातदिन नभनी सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूलाई तीन सय पिस सर्जिकल ग्लोब वितरण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियालाई सर्जिकल ग्लोव हस्तान्तरण गरीएको छ । कालिकोटमा कार्यरत सुरक्षाकर्मी तथा बजारमा रहेका बैंक, वित्तिय संस्था, केही व्यापारीहरूलाई सोमबार ग्लोव वितरण गरिएको लिंगासैनी युथ क्लवका अध्यक्ष हिक्मतजंग मल्लले जानकारी दिए ।

उनले यतिबेला कोरोनाबाट बच्न युवाहरूले महत्वपुर्ण भूमिका खेल्नु पर्ने र बृद्ध बृद्धाहरूलाई कोरोनाबारे धेरै जानकारी नभएकाले समाजमा रहेका युवाहरू सक्रिय भएर लाग्नुपर्ने बताए ।

उनले भने, हामि त सधैँ घरभित्रै सुरक्षित छौँ, हामो सुरक्षामा रातदिन नभनी खटिएका सुरक्षा कर्मिको सुरक्षा कसले गर्छ, हामी शरिर हौँ, शरिर वाहिरको ढाक्नेलुगा सुरक्षाकर्मि हो, वाहिरको लुगाको पीडा हामि वुझेका हुदैनौ । यो महसुह गरि हामिहरुले यस्तो सामाग्रि वितरण दिरेका छौँ ।’

देशभर लकडाउनको बेला कसैलाई माक्स अपुग छ भने कसैलाई सर्जिकल पञ्जा अभाव भएको छ । कालिकोटका विभिन्न स्थानमा रहेका विद्यालयमा क्वारेन्टाईन बनाइए पनि कतिपय ठाउँमा बनेका क्वारेन्टाईन रित्तै छन् । भारत तथा अन्य देशबाट आउने नेपाली नागरिकहरूलाई सबै युवाहरूले १४ दिनसम्म क्वारेन्टाईनमा बस्न पहल गर्नुपर्ने रमेश विक्रम शाहीले बताए ।


‘आफ्नो ज्यान बचाऔँ, अरुलाई पनि बचाऔँ’ भन्दै सबैजना कोरोनाविरुद्ध लडिरहेका छन् । कालिकोटमा रहेका स्वास्थ्य संस्थाहरूमा आवश्यक सामग्री अपुग हुँदा स्वास्थ्यकर्मीहरु उपचारमा खटिन मुस्कील भएको छ ।

भारतवाट ज्याला मजदुरी गरी नेपाल फर्केका नागरिकसँग भरपर्दो स्वास्थ्य सामग्री विनै स्वास्थ्य जाँच गर्नुपर्दा आफूहरू चिन्तामा रहेको खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखाका संयोजक रविन्द्र सेजुवालले बताए ।

‘धेरै स्वास्थ्य कर्मीहरूको गुनासो एउटै छ, भारतवाट घर फर्किनेको अहिले लर्को छ, पालिकाले निर्माण गरेका क्वारेन्टाईनमा राखेका छौ , तर कतियप नागरिकहरू क्वारेन्टाईनमा बस्न नमानेर भागिरहेका छन’, उनले भने ।

चेकजाँच गर्दा प्रयोग हुने, पिपिई लगायतका भरपर्दो स्वास्थ्य सामग्री स्वास्थ्य संस्थामा छैन । जोखिम मोलेरै जाँच गर्नु बाध्यता परेको स्वास्थ्यकर्मीहरूले सुनाउने गरेका छन् । लिंगासैनी युथ क्लवले कोरोनाबाट बच्न संस्थाको लगानीबाट विभिन्न किसीमका सामग्रीहरू वितरण गरिरहेको छ ।

Next Post

खजुरामा आईसियुसहितको आईसोलेशन अस्पताल सञ्चालनको हुने अवस्थामा

१८ चैत्र २०७६, मंगलवार ०८:१०
सदरलाइनडटकम, नेपालगञ्ज : बिश्वव्यापी फैलिएको कोबिड–१९ नोबल कोरना भाईरसको संक्रमण रोक्नको लागि पाँच नंम्बर प्रदेश सरकारले बाँकेको खजुरामा रहेको सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा ६ बेडको भेन्टिलेटर सुविधा सहितको आईसियु र ५० बेडको कोरोना आईसोलेशन अस्पताल तयार गरिएको छ । भेरी अस्पताल नेपालगन्जका मेडिकल सुप्रिटेण्ट डा प्रकाशबहादुर थापाले प्रदेश नं […]