मारवाडी युवा मञ्चद्वारा नेपालगञ्जमा रक्तदान

१ माघ २०७५, मंगलवार १८:५१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : माघीको अवसरमा मारवाडी युवा मञ्च नेपालगञ्जले रक्तदान कार्यक्रम गरेको छ । मंगलवार माघीकै दिन आयोजना गरिएको कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । मञ्चका सदस्य सुनिल कुमार सिंघलका अनुसार हिन्दु तथा मुस्लिम दुबै समुदायका व्यक्तिले रक्तदान गरेका छन् ।
कार्यक्रममा मारवाडी समुदायका महिलाहरुले समेत रक्तदान गरेका छन् । डा. पियुस कनोडियाको संयोजकत्वमा गरिएको कार्यक्रममा पाँच जना महिलासहित डा. दिपेश गुप्ताले रक्तदान गरेका हुन । भेरी अञ्चल अस्पताल नेपालगञ्ज परिसरमा रहेको क्षेत्रिय रक्तसञ्चार सेवा केन्द्रमा आयोजना गरिएको कार्यक्रममा सहभागिलाई सम्मान स्वरुप प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
मारवाडी युवा मञ्चले नियमिति रुपमा रक्तादान कार्यक्रम आयोजना गर्दै आएको छ । रगतको अभावमा बिरामीलाई समस्या खेप्न नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गर्दै आएको मञ्चले जनाएको छ ।

Next Post

म्याग्दीमा भेटियो दुर्लभ राजनाग

१ माघ २०७५, मंगलवार १८:५१
गलेश्वर  / रासस : म्याग्दीको बेनी नगरपालिका–९ घतानको कोसेपानीको जङ्गलमा दुर्लभ मानिएको ‘किङ्ग कोब्रा’ अर्थात् राज नाग भेटिएको छ । विगत पाँच वर्षदेखि पक्षी तथा जङ्गली प्राणीको खोज अनुसन्धानमा लाग्नुभएका त्रिभुवन विश्वविद्यालयमा एमएससी प्राणीशास्त्र उत्र्तीण त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्राध्यापक केशव चोखालले आज कोसेपानीको जङ्गलमा दुर्लभ ‘किङ्ग कोब्रा’ अर्थात् राज […]