मोटरसाइक दुर्घटनामा दाङमा युवकको मृत्यु

सदरलाइन संवाददाता २५ मंसिर २०७९, आईतवार १४:२२
 

दाङ : दाङमा पुलबाट मोटरसाइकलसहित खसेका एक जनाको मृत्यु भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. २ स्थित बालिमखोलाको पुलबाट मोटरसाइकल संगै पुलमा खसेर यादब चौधरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले अन्दाजी ३२ बर्षीय चौधरी राति नै मोटरसाइकलसहित पुलदेखि खसेको हुन सक्ने बताए ।


बिहान मात्रै स्थानीयले मोटरसाइकलसहित खोलामा खसेको ब्यक्तिलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

डिएसपी चौधरीका अनुसार मृतक घोराही – ३ बर्गदवाका स्थानीय रहेको भन्ने खुलेको छ । घोराही–२ मुलाबारीबाट हाँसीपुर जाने सडख खण्डमा चौधरी दुर्घटनामा परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टरिगाउँ विमानस्थलको रिफिल उदघाटन

२५ मंसिर २०७९, आईतवार १४:२२
दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगाउँस्थित एयरर्पोटमा आइतबार रिफिल उदघाटन गरिएको छ । ६ महिनाअघिनै विमानस्थलको डिपोमा इन्धन राखिए पनि उदघाटन हुन सकेको थिएन । शनिबार उदघाटन गर्ने तयारी भएपनि काठमाण्डौबाट दाङ आउनका लागि एकजना पनि यात्रु नभएपछि जहाज दाङ आउन नसक्दा शनिबार उदघाटन गर्ने कार्यक्रम रोकिएको […]