रोजगार संयोजकका लागि दुई दिने तालिम सम्पन्न

सदरलाइन संवाददाता २४ मंसिर २०७९, शनिबार १७:५५
 

नेपालगञ्ज :  बैदेशिक रोजगार बोर्डको अनलाईन सूचना प्रणाली प्रयोग गरी बोर्डको सेवा स्थानीय तहबाट प्रदान गर्नको लागि सूिचकृत स्थानीयतहका रोजगार अधिकृतलाई २ दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ ।

श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालय बैदेशिक रोजगार बोर्डको सचिवालयद्वारा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा रोजगार बोर्डको सचिवालयका उप सचिव मैयाँ कडेलले बैदेशिक रोजगार बोर्डले बैदेशिक रोजगारमा गएका सेवाग्राहीको हितमा सिधै आफ्नै घरदैलोमा नै सेवा उपलब्ध गाराउने गरी अनलाईन प्रविधि मार्फत सेवा प्रवाह गर्न सुरु गरेको बताईन ।

उनले बोर्डको प्रतिनिधिको रुपमा स्थानीय तहमा रोजगार संयोजक रहने भएकोले रोजगार संयोजकले सेवाग्राहीको आवेदन सबै अनलाईन मार्फत विभागमा पठाउन सक्ने गरी व्यवस्था मिलाईएको बताईन । ‘यो प्रणलीले सेवाग्राहीको काठमाण्डौसम्म पुग्नुपर्ने समय र झण्झट टर्ने र बिचौलियाको कारण सेवाग्राहीले ब्योहोर्दै आएको समस्या पनि व्यहोर्न नपर्ने भएकोले यो प्रणली भरपर्दो छ ’– उनले भनिन ।


तालिममा सहभागि दोधरा चादनी गाउपालिकाका रोजगार संयोजक खुस्बु केसीले यो कार्यक्रमले संघियताको कार्यान्वयनको पाटो कार्यान्वयनमा ल्याएको आभाष भएको बताईन । उनले सिंहदरबारको काम स्थानीय तहबाटै हुँदा सेवाग्राहीलाई र आफुहरुलाई सेवा प्रवाहमा पनि सजिलो हुने बताईन ।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा बैदेशिक रोजगार बोर्डको सचिवालयका बोर्डमा सूचीकृत ९ जिल्लाका ३० स्थानीय तहका रोजगार अधिकृत सहभागि रहेका थिए भने बोर्डका कम्युटर ईञ्जिनियर राजु श्रेष्ठ, शाखा अधिकृत शोभाखर भण्डारी, नासु आशिष भण्डारीले सहजिकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दिक्षान्त

२४ मंसिर २०७९, शनिबार १७:५५
कोहलपुर (बाँके) : कोहलपुर नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दिक्षान्त समारोह आइतवार सम्पन्न भएको छ । नेपालगञ्ज कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो । नगर प्रमुख आचार्यले लगनशिल, कर्मठ र योग्य कर्मचारीको रुपमा आफुलाई स्थापित […]