सदरलाइनडटकम नेपालगन्जः सोमवार बिहानदेखि भईरहेको लगातार बर्षातका कारण बाँकेस्थित राप्ती नदीमा पानीको सतह बढ्दै गएको छ । पानीको सतह बढेर चेतावनीस्तर नजिकै पुग्न लागेको छ ।
कुसुमस्थित राप्ती नदीमा दिउँसो सवा १ बजे पानीको सतह ४ दशमलव ४० मिटर रहेको बाढी मापन केन्द्रका गेज रिडर भद्रबहादुर थापाले बताए । उनका अनुसार पानीको स्तर ५ मिटर पुगेपछि चेतावनीस्वरुप साइरन बजाइन्छ भने ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतराको स्तर मानिन्छ ।
कुशुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिटर पुगे नदी आसपासका गाउँ डुवानमा पर्ने गर्दछन् । अविरल बर्षाले राप्ती नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दा चिन्तित भएका छन् । नदी आसपासका बासिन्दालाई सतर्क रहन बाँके प्रशासनले आग्रह गरेको छ ।
