बाँकेमा मंगलवार ७५ संक्रमित थपिए, ९७ डिस्चार्ज

सदरलाइन संवाददाता १८ माघ २०७८, मंगलवार १४:०९
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ५८ र एन्टिजेन परीक्षणमा १७ जनागरी ७५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाका तीनवटा पीसीआर ल्यावमा १५० जनाको नमुना जाँच्दा ५८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । भेरीमा ३३, कोहलपुर मेडिकल कलेजमा १३ र बागेश्वरी ल्यावमा १२ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।


यस्तै जमुनाहा नाकामा ३०९ जनाको एन्टिजेन जाँच गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका मध्ये बाँकेका २४ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ७०० पुगेको छ ।

यस्तै थप ९७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ८६५ पुगेको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ७७३ रहेको छ । दुई जना सिकिस्त विरामी छन् । एकजनाको भेन्टिलेटरमा उपचार चल्दै गर्दा ३९ जना मध्यम खाले विरामी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको स्थानीय तहको टोलटोलमा खोप अभियान

१८ माघ २०७८, मंगलवार १४:०९
नेपालगञ्ज : बाँकेमा खोपको पहुँच नपुगेका ठाउँमा खोप अभियानलाई तीब्रता दिइएको छ । स्वास्थ्य कार्यालय बाँकेले खोप लगाउन छुटेका स्थानीय तहका टोल–टोलमा पुगेर खोप अभियान चलाइरहेको हो । बाँकेको नरैनापुर, बैजनाथ, राप्तीसोनारीमा विशेष गरेर अभियान सञ्चालन गरिरहेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताए । जिल्लामा ८३ प्रतिशतले […]