नेपालगन्जको महेन्द्र बहुमुखि क्याम्पसमा बिएस्सी सिएसआइटी पढाई यसै वर्षदेखि

८ असार २०७३, बुधबार १४:१९
 

रुद्र सुवेदी/सदरलाइनडटकम1689260_654580147917113_760899416_n
८ असार, नेपालगन्ज : सूचना प्रविधिको क्षेत्रमा उच्च शिक्षा पढ्न चाहनेहरुको सपना अव नेपालगन्जमा नै पुरा हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्जमा ‘बिएस्सी सिएसआइटी’ को यसै शैक्षिक सत्रदेखि पठन पाठनको सुरुवात गर्ने गरी अनु्मति दिएपछि सो सपना पुरा हुने भएको हो ।
महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख गणेश कुमार रेग्मीले यसै शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्ने गरी तयारी अगाडि बढाएको जानकारी दिए ।
‘प्लस टु को रिजल्ट प्रकाशित भएपछि कक्षा सञ्चालन हुन्छ,’ उनले भने,‘ विद्यार्थीले रोजगारमुलक शिक्षाको आवश्यकता
महशुस गरिरहेको बेला स्तानकतहको विज्ञान संकायमा कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी विषयको कक्षा सञ्चालन गर्न लागिएको हो ।
उनले भने,‘परम्परागत विषय मात्र हँुदा क्याम्पस नै खाली हुने अवस्था आएपछि नयाँ र रोजगारीमुलक विषयमा अध्यापन गराउने उद्देश्यका विएससी सिएसआइटी विषय ल्याएका हौ यसका लागि सबैको साथ र सहयोगको खाँचो छ ।’ उनले मध्यपश्चिम क्षेत्रमा त्रिविविको आंगिक क्याम्पसको रुपमा रहेको महेन्द्र बहुमुखि क्याम्पसले विद्यार्थीको आकर्शण बढाउन समयको माग अनुशारको पठ्यक्रमको कक्षा सञ्चालन गर्ने सोचमा रहेको उनले सो अवसरमा सुनाए ।
विज्ञान संकायका सहायक क्याम्पस प्रमुख रविन्द्र कर्णले ‘बिएस्सी सिएसआइटी’ ८ सेमिस्टरको ४ वर्षे कोर्षमा पठन पठान हुने बताए । उनले ४ वर्षे अध्ययनपछि सजिलै रोजगारी समेत पाइने भएको तथा अहिलेको पुस्ताको लागि हट केक भएकोले पनि ‘बिएस्सी सिएसआइटी’ कक्षा सञ्चालनको लागि पहल गरिएको स्पष्ट पारे ।
सहायक क्याम्पस प्रमुख कर्णका अनुसार विएससी सिएसआइटी अध्ययनको लागि सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान ल्याब र पुस्तकालय ब्यवस्था गरिएको छ । ‘मल्टि मिडियाबाट कक्षा सञ्चालन गरिने छ, अनुसन्धान र प्रस्तुतिकरणको व्यवस्था हुने छ,’ सहायक क्याम्पस प्रमुख कर्णले भने ।
उनले ७५ प्रतिशत विषयगत शिक्षक उपलब्धता रहेको जानकारी दिए । उनले विद्यार्थीलाई इन्टर्नसिपको लागि जिल्लाका औद्योगिक क्षेत्र तथा विभिन्न उद्योगमा पठाइने व्यवस्था मिलाइएको समेत बताए ।
सहायक क्याम्पस प्रमुख कर्णले निजी क्याप्पसमा भन्दा सस्तोमा पठनपाठन गराइने जानकारी दिए । अहिले निजी क्याम्पसमा सो विषय अध्ययन गर्दा ४ लाख रुपैयाँ खर्च हुन्छ । ‘जनशक्ति, भौतिक पूर्वाधार, ल्याबको समेत व्यवस्था भएकोले निजी भन्दा पक्कै पनि सस्तो र गुणस्तरिय शिक्षा दिन्छौँ,’ कर्णले भने ।
शिक्षक सन्तकुमार वर्माले विएससी सिएसआइटी पढेकालाई धेरै अवसर रहेको बताए । यो विषय अध्ययनपछि विद्यार्थीले वेभ डेभलोपर, सफ्ट वेयर डेभलोपर, ग्राफिक डिजाइनर, आइटी म्यानेजर, इन्फरमेसन सिस्टम म्यानेजर, नेटवर्क एडमिनिस्टेटर, सिस्टम एडमिनिस्टेटर, कम्प्युटर सिस्टम एनालाइस्ट, डाटावेज÷डाटा वेभ हाउस एडमिनिस्टेटर जस्ता धेरै अवसर पाउने छन् । ‘यो विषयको डिमाण्ड धेरै छ, तर हामीसँग मेनपावर नै छैन,’ शिक्षक वर्माले भने ।
उनले प्रत्येक विद्यालयमा कम्प्युटर विषय भए पनि शिक्षक अभावमा पठनपाठन हुन नसकेको बताए । उनले उत्पादित जनशक्ति विद्यालयमा समेत खपत हुने बताए । मब क्याम्पसमा केही वर्ष अघिदेखि विविए समेत सञ्चालन हँुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डेटोनेटरसहित भारतमा नेपाली नागरिक पक्राऊ

८ असार २०७३, बुधबार १४:१९
भारतको उत्तरा खण्डमा सडक बनाउने कार्यमा सक्रिय कालिकोटका ६२ वर्षिय गोपाल प्रसाद अधिकारी अवैध विष्फोटक ‘डिटोनेटर’ सहित सीमा क्षेत्रकै भारतीय नाका रुपैडिहामा पक्राउ परेका छन् । उनलाई भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) रुपैडिहा चेक पोष्टले अवैध विष्फोटक पदार्थ ओसारपसारमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको जनाएको छ […]