शुक्रबार बाँके बर्दियामा १३ थपिदा देशभर २७ सयबढी नयाँ संक्रमित थपिए

सदरलाइन संवाददाता १६ आश्विन २०७७, शुक्रबार १७:४०
 


नेपालगञ्ज :  शुक्रबार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा १३ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा करिव २७ सय बढी संक्रमित थपिएका छन् ।

संक्रमित मध्ये ७ जना बाँकेका र ६ जना बर्दियाका रहेका छन । बर्दियाका संक्रमितमध्ये २ जना प्रहरी समेत रहेको भेरी अस्पतालद्वारा जारी विबरणमा जनाईएको छ ।

भेरी अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा १३९ जनाको स्वाव परिक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो । बाँकेमा यो संगै संक्रमितको संख्या १९९० जना पुगेको छ ।

यी मध्ये १५४२ जना कोरोना मुक्त भएर घर फर्केका छन् । १८ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाउनु परेको छ ।


यसैबीच पछिल्लो २४ घन्टामा देशभर अहिलेसम्म कै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा २ हजार ७ सय २२ जनामा संक्रमण भएको र ११ जनाको ज्यान गएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका २ हजार ७ सय २२ जनासहित देशभर संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको जानकारी दिए ।

संक्रमित मध्ये ६० हजार ६ सय ९६ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट देशभरका ५ सय २० जनाको ज्यान गुमाएका छन् ।

Next Post

बाँकेमा २५ वर्षिय किशोरीको कोरोना संक्रमणबाट मृत्यु

१६ आश्विन २०७७, शुक्रबार १७:४०
नेपालगञ्ज  : बाँकेमा शुक्रबार कोरोना संक्रमणबाट २५ बर्षिय किशोरीको मृत्यु भएको छ । उनको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाईएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिका–२ स्थायी घर भई नेपालगञ्ज–९ बाँकेगाउमा बस्दै आएकी उनीलाई भदौ ३० गते नै कोरोना संक्रमण […]

ताजा अपडेट