ठाकुरबाबा गोल्डकपको उपाधि सिड्कैयालाई

१९ कार्तिक २०७५, सोमबार १९:१४
 

सदरलाइनडटकम,
बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिकाको चूरे जनजागृति युवा क्लबले आयोजना गरेको दोस्रो पानम स्मृति ठाकुरबाबा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कैंडा युवा क्लब सिड्कैयाले जितेको छ । ठाकुरबाबा–५ मा आईतवार अबेर सम्पन्न फाइनल प्रतियोगितामा फरदङ्गा जनजागरण युवा क्लबलाई १–५ को अन्तरले पराजित गर्दै सिड्कैयाले उपाधि जितेको हो ।
प्रतियोगितमा सिड्कैयाका लायकराम थारुले ह्याट्रिक गरेका थिए । विकास विक र शम्भु थारुले एक÷एक गोल गरेका थिए । रजवाराले भने दोस्रो हाफमा एउटा मात्र गोल फर्काएको थियो । रजवाराका लागि दिलराम थारुले गोल गरेका थिए ।
प्रतियोगितामा सानोश्री युवा क्लब अनुशासित टिम, १३ गोल गर्ने रजवाराका चेतराम थारु उत्कृष्ट खेलाडी र आयोजक चूरे जनजागृति युवा क्लबको सी टिमका गोल किपर १३ वर्षीया आशिष थारु उत्कृष्ट युवा खेलाडी घोषित भए ।
प्रतियोगितामा विभिन्न विधागत उत्कृष्ट खेलाडी घोषित गरिएको थियो । उत्कृष्ट खेलाडी सिडकैयाका शम्भु थारु, गोलकिपर बेतहनीका झक्कु चुनारा, डिफेन्डर मिलन चौधरी, मिड फिल्डर रजवाराका अविनास थापा, फरवार्ड सिड्कैयाका विकास विक र फाइनलमा म्यान अफ दी म्याच सिड्कैयाका लायकराम थारुलाई घोषित गरिएको थियो ।
प्रादेशिक खेलकुद विकास समिति प्रदेश ५का अध्यक्ष भीम ओली, प्रदेशसभा सदस्य लौटी थारु, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र खनाल, नेकपाका नेता चित्रप्रसाद खनाल, क्लबका अध्यक्ष विष्णु योगीलगायतले विजेतालाई पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिताको विजेतालाई ४० हजार, उपविजेतालाई २५ हजार र तेस्रो हुनेलाई १० हजार नगद उपलब्ध गराइएको थियो ।
क्लबका निवर्तमान अध्यक्ष विवेकप्रभात खनालका अनुसार ठाकुरबाबा गोल्डकपमा यो वर्ष जिल्लाका ५४ वटा टिमको सहभागिता रहेको थियो । ४ कार्तिकबाट शुरु भएको प्रतियोगिता १८ कार्तिकमा समापन भएको हो । २०५७ सालमा जिल्ला प्रशासन कार्यालय बर्र्दियामा दर्ता भएको क्लबले केही वर्ष यता हरेक वर्ष दशैं र तिहारबीचमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Next Post

आठ लाख मूल्य बराबरको पटका झापामा बरामद

१९ कार्तिक २०७५, सोमबार १९:१४
सदरलाइनडटकम, झापा : तिहारलाई लक्षित गरी भारतबाट अवैधरुपमा भित्र्याइएको ठूलो परिणामको पटका प्रहरीले बरामद गरेको छ । भारतको बिहार र बंगाल राज्यसँग जोडिएका नाकाबाट नेपाल लियाइएको करिब ७ लाख ९४ हजार ५ सय ४६ रुपैयाँ बराबरको पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भिमप्रसाद ढकालले बताए । झापाको मेचीनगर, […]