बाँके २ मा काँग्रेस उम्मेदवारको जमानत जफत

सदरलाइन संवाददाता १० मंसिर २०७९, शनिबार १४:१५
 

नेपालगञ्ज : बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उमेदवारको जमानत जफत भएको छ । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले ४ हजार ४ सय ३ मत मात्रै पाएका छन् ।

यो क्षेत्रमा राप्रपाका धवलशमशेर राणा विजयी भएका छन् । उनले २९ हजार ५ सय ७७ मत ल्याएका छन् । राप्रपाका राणालाई एमालेको समर्थन थियो ।


दोस्रोमा रहेका जसपाका मोहम्मद इस्तियाक राईले २३ हजार ५ सय २० मत ल्याएका छन् । स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने यो क्षेत्रमा कांग्रेस सबैभन्दा ठूलो पार्टी थियो ।

उसले यस क्षेत्रका वडाहरूमा १७ हजार १ सय ९५ मत ल्याएको थियो । समानुपातिक तर्फ भने कांग्रेसले १० हजार १ सय ९८ मत ल्याएको छ । यो क्षेत्रमा समानुपातिकतर्फ सबैभन्दा धेरै जसपाले २० हजार २ सय ५१ मत ल्याएको छ । दोस्रोमा रहेको राप्रपाले ११ हजार ३ सय ८० मत पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिभिल बैंक तुलसीपुर शाखाले मनायो बार्षिकोत्सब

१० मंसिर २०७९, शनिबार १४:१५
नेपालगञ्ज : सभिल बैंक तुलसीपुर शाखाले शनिबार आफ्नो १२औं स्थापना दिवस मनाएको छ । बैंकका शाखा प्रबन्धक मेघराज पौडेलको नेतृत्वमा कार्यालयमा स्थापना दिवस मनाइएको हो । यो शाखाले सामाजिक उत्तरदायित्व अन्तरगत तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ को अमर माध्यामिक विद्यालय उरहरीमा कक्षा ९ मा अध्यनरत दिक्ष्या खत्रीलाई छात्रबृत्ति प्रदान गरेको […]