बाँकेको विकासमा मन्त्री राईको प्रतिबद्धता

१५ भाद्र २०७६, आईतवार १६:४८
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बाँके जिल्लाको विकास र समृद्विका लागि आफु प्रतिवद्ध रहेको बताएका छन् । बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको १८ औं वार्षिक साधारणसभा तथा १२ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री राईले बाँकेको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै कोहलपुरदेखि जमुनहासम्मलाई व्यापारिक केन्द्रका रुपमा विकास गर्न दिर्घकालीन योजना बनाएको बताए ।
कोहलपुर विकासोन्मुख शहर भएकाले ठुल्ठुला भौतिक पूर्वाधार निर्माणका लागि पहल गर्ने प्रतिवद्वता जनाउँदै उनले त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच सहकार्य हुन आवश्यक रहेको बताए । ज्ञानोदय सामुदायिक पुस्तकालयको विकासमा आवश्यक सहयोग गर्ने भन्दै मन्त्री राईले पुस्तकालयले समाज परिवर्तनमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले पठन संस्कृतिको विकास हुन आवश्यक रहेको बताउँदै स्थानीय सरकारले कोहलपुरको शैक्षिक विकासका लागि विशेष पहल गर्ने प्रतिबद्धता जनाए ।
कायक्रममा ‘स्व. हरि प्रसाद पौडेल ज्ञानोदय समाज सेवा सम्मान’बाट कोहलपुर मेडिकल कलेजका निर्देशक डा. सुरेशकुमार कनोडिया, पुस्तकालयलाई सहयोग गर्ने पूर्व अध्यक्ष एवं नेपाल सामुुदायिक पुस्तकालय संघका केन्द्रीय उपाध्यक्ष जयश्वर पौडेल सुमन, पुस्तकदाता सनत रेगमी र नियमित पाठक प्रेमनारायण पौडेललाई सम्मान गरिएको थियो ।

Next Post

नरैनापुरमा गाई संरक्षण अभियान सञ्चालित

१५ भाद्र २०७६, आईतवार १६:४८
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ स्थित मटेहिया गौशालामा रहेका गाईहरुको संरक्षणका लागि एक घर एक गाई अनुदान सहयोग सञ्चालन गरिएको छ । गाउँपालिकाको सहयोगमा संरक्षण अभियानलाई थप प्रभावकारी बनाउन स्थानीयले प्रतिबद्धता जनाएका छन् । ‘गाई संरक्षणका लागि एक सय जति व्यक्तिले लगानी गर्ने प्रतिबद्धता जनाएका […]

सम्बन्धित