बाँके प्रदेश सभा–१ (ख) मा एमालेका दुर्गाको अग्रता कायम

सदरलाइन संवाददाता ९ मंसिर २०७९, शुक्रबार १३:४८
 

नेपालगञ्ज : बाँके, प्रदेश सभा–१ (ख) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरीले अग्रता लिइरहेका छन् । उनले ११३७५ मत ल्याएर अग्रता लिएका हुन् । नेपाली काँग्रेसका उम्मेदवार फुलाराम थारुले १०२७५ मत प्राप्त गरेका छन् ।


दुर्गा र फुलाराम बीच ११०० को मतान्तर रहेको छ । यसैगरी नागरिक उन्मुक्ति पार्टीका भुमबहादुर भण्डारीले २७९१ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । स्वतन्त्र उम्मेदवार अमरजंग शाहले १३१२ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालमा न्यूरो मेडिसिन सेवा शुरु

९ मंसिर २०७९, शुक्रबार १३:४८
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा न्यूरो मेडिसिन सेवा शुरु भएको छ । अस्पतालले विशिष्टिकृत सेवा बिस्तार गर्ने क्रममा न्यूरो मेडिसिन सेवा पनि शुरु गरेको हो । काठमाण्डौबाट डिएम न्यूरो फिजिसियन डा.निरज गौतम भेरी अस्पतालमा आएसँगै यो सेवा शुरु भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री चापागाईले जानकारी दिए । विशिष्टिकृत सेवा […]