बर्दिया–१ बाट कांग्रेसका सञ्जय गौतम निर्वाचित

सदरलाइन संवाददाता ९ मंसिर २०७९, शुक्रबार १३:३२
 

नेपालगञ्ज : बर्दिया क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतम विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीलाई पराजित गरेका हुन् ।

गौतमले ३० हजार छ सय ११ मत तथा ज्ञवालीले २६ हजार एक सय ५५ मत प्राप्त गरे । गौतमले चार हजार चार सय ५६ मतान्तरले ज्ञवालीलाई पराजित गरे ।


यो निर्वाचन क्षेत्रमा एक लाख ६२ हजार छ सय ६२ मतदाता रहेकामा एक लाख चार हजार चार सय दुई जनाले मतदान गरेका थिए । ६ हजार चार सय २१ मत बदर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके १ (क) मा नमुना विजयी

९ मंसिर २०७९, शुक्रबार १३:३२
नेपालगञ्ज : बाँके निर्वाचन क्षेत्र नं. १ क मा माओवादी केन्द्रकी कृष्णा केसी नमुना विजयी भएकी छन् । ९१०३ मतका साथ नमुना विजयी भएकी हुन् । उनका निकटतम प्र्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीले ७९६६ मत ल्याएर दोश्रो भएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नरेन्द्र कुमार पौडेलले […]

सम्बन्धित