फ्रान्सबाट आएको जहाजमा रहेका बाँकेका चारजनाको खोजी हुँदै

१२ चैत्र २०७६, बुधबार ०९:४७
 


सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा कोरोना भाइरसकाे संक्रमण देखिएको भनिएकी १९ वर्षीया किशोरी चढेको जहाजमा सगै अाएका बाँकेका चार जना रहेको खुले लगत्तै उनिहरूको खाजि तिब्र पारियकाे छ ।

गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै आएको जहाजमा रहेकी किशोरीलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ । साेही जहाजमा बाँकेका चार जना समेत रहेको र उनीहरुलाई खोजेर क्वारेन्टाइनमा राख्ने निर्देशनसहितकाे पत्र बाँकेमा आइपुगेको बताइएको छ ।

चारै जनाको नाम र नागरिकता नम्बर खुलाएर पठाइएको पत्रमा ठेगाना खुलाइएको छैन । ठेगाना नखुल्दा अब नागरिकता नम्बरको आधारमा उनीहरुको खोजतलास गर्ने तयारी भएको प्रहरीले जनाएकाे छ । उनीहरुलाई खोजेर केही दिन क्वारेन्टाइनमा राख्न निर्देशन आए बमोजिम प्रहरी त्यसतर्फ अघि बढेको छ ।


बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले पत्र आएको पुष्टि गर्दै उनीहरुको खोजी गरि केही दिन सुरक्षित ठाउँमा राखिने तैयारी भएको बताए ।

चैत ४ गते दोहाबाट आएका १५८ जना यात्रु लिएर आएको हवाई जहाजमा १२५ जना नेपाली रहेको जनाइएको छ । देशका विभिन्न क्षेत्रका उनीहरुको खोजी गरी स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा राख्ने तैयारी भइरहेको बताइएको छ ।

Next Post

जनता कर्फ्युको दोस्रो दिन नेपालगञ्ज सुनसान

१२ चैत्र २०७६, बुधबार ०९:४७
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा प्रशासनले लगाएको जनता कर्फ्यु बुधवार दोश्रो दिन पनि जारी छ । कर्फ्युका कारण बिहानैदेखि सदरमुकाम नेपालगञ्ज, कोहलपुर, खजुरा, बैजनाथलगायतका स्थानहरु सुनसान देखिन्छ । सबै स्थानहरुमा मानिसहरु अत्यावश्यक काम बाहेक बाहिर निस्केका छैन । फ्रान्सबाट नेपाली आएकी कोरोना संक्रमित युवतीसंग आएका नेपाली मध्ये बाँकेका समेत चार जना […]