ओम प्लाईउड एण्ड फर्निचर उद्योगमा आगलागी करोडौंको क्षति

२९ चैत्र २०७५, शुक्रबार ११:२९
 

सदरलाइनडटकम, 
नेपालगञ्ज : नेपालगञ्ज–१३ गंगापुरमा रहेको ओम प्लाईउड एण्ड फर्निचर उद्योगमा शुक्रबार बिहान ४ बजे आगलागी भएको छ । आगलागीमा परेर उद्योगका दुई मेसिनमा क्षति पुग्नुको साथै उद्योगमा उत्पदन भएका तथा उत्पादनको लागि आवश्यक कच्चा पदार्थसमेत जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अरुण पौडेलले सो आगलागीको कारण करिव ६ करोडको क्षति भएको प्रारम्भिक अनुमान भएको जानकारी दिए । उनले विद्युत सर्ट कारण आगलागी भएको प्रारम्भिक अनुसंन्धानले देखिएको र आगलागीमा दुई मेसिन तथा अन्य सामाग्रीमा समेत क्षति पुगेको बताए । उनले क्षतिको यकिन तथ्याङ्क प्राविधिकले अनुगमन गरेपछि मात्र भन्न सक्ने जानकारी दिए ।
प्रहरी, सशस्त्र प्रहरी स्थानीय तथा नेपालगन्ज उप–महानगरपालिका र कोहलपुर नगरपालिकाबाट आएको दमकलले आगो नियन्त्रणमा लिएको थियो । बिहान एक्कासी आगलागी भएको उद्योगका महाप्रबन्धक पशुपति दयाल मिश्रले बताए ।

Next Post

सबै खेलाडिलाई स्वास्थ्य सेवा दिईने

२९ चैत्र २०७५, शुक्रबार ११:२९
सदरलाइनडटकम,   नेपालगञ्ज : नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता स्वास्थ्य उपसमितिले खेलपिच्छे स्वास्थ्य सेवा दिन थालेको छ । उपसमितिले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी प्रत्येक खेलस्थलमा चिकित्सक, स्वास्थ्यकर्मी, मेडिकल टिम, औषधी र एम्वुलेन्ससहित प्राथमिक उपचार सेवा खेल अवधिभर दिन थालिएको संयोजक उपेन्द्रकुमार पौडेलले जानकारी दिए । खेलाडीहरुलाई चोट पटक […]