बाँके क्षेत्र नं. ३ (ख) मा काँग्रेसका कुर्मी निर्वाचित

सदरलाइन संवाददाता ८ मंसिर २०७९, बिहीबार १३:०६
 

नेपालगञ्ज : बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ अन्तरगत पर्ने प्रदेश सभा–३ (ख) मा नेपाली काँग्रेसका बादशाह कुर्मी निर्वाचित भएका छन् । काँग्रेस नेता कुर्मी २ हजार ४ सय ८३ मतको अन्तरले निर्वाचित भएका हुन् ।

कुर्मीले १३ हजार ४ सय ३३ मत प्राप्त गरे, भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भिम वलीले १० हजार ९ सय ५० मत ल्याएका छन् । यस्तै जनता समाजवादी पार्टी (जसपा) का विजयकुमार पाठकले ४ हजार ४ सय ५१ मत ल्याएका छन् ।


कुल ५१ हजार ७ सय २६ मतदाता रहेको उक्त प्रदेश सभामा ३३ हजार ७ सय ३ मत खसेको थियो । यस्तै १ हजार ९ सय ८१ मत बदर भएको थियो । निर्वाचनमा ९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङ–२ बाट माओवादीकी रेखा शर्मा निर्वाचित

८ मंसिर २०७९, बिहीबार १३:०६
नेपालगञ्ज : दाङ– २ बाट माओवादीकी रेखा शर्मा खड्का निर्वाचित भएकी छिन् । उनले नेकपा एमाले महासचिव शंकर पोखरेललाई १९६ मतले पराजित गर्दै निर्वाचित भएकी हुन् । कुल ७९ हजार ४ सय ४६ मत गणना गर्दा पूर्व मन्त्री समेत रहेकी रेखाले २६ हजार ८ सय ७७ मत प्राप्त गरेकी हुन […]

सम्बन्धित