मुगु : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको मतदानको ४ दिनपछि मुगुमा मतगणना सुरु भएको छ । जिल्लामा बुधबार बिहान साढे ८ बजेबाट मतगणना सुरु भएको हो ।
मतपेटिका पैदलमार्ग हुँदै जिल्ला सदरमुकाम आइपुग्दा मतगणना ढिला भएको मुख्य निर्वाचन अधिकृत दिलकुमार बर्देवाले जानकारी दिए ।
मुगु, चितै, डोल्फू, हयाङलु र बिना मतदान केन्द्रबाट मतपेटिका जिल्ला सदरमुकाम पुग्न दुई दिन लागेको छ । मतगणनास्थल वरपर सुरक्षा व्यावस्था कडा पारिएको छ ।
मतगणना अवधिसम्म मदिरा निषेध गरिएको छ । एक जिल्ला निर्वाचन क्षेत्र र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको मुगुमा ३५ हजार ४ सय ८५ मतदातामध्ये २६ हजार ६ सय १५ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।