माइक्रोबसको ठक्करबाट बाँकेमा प्रहरी जवानको मृत्यु

सदरलाइन संवाददाता १५ माघ २०८०, सोमबार १७:००
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित माइक्रोबसको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ ।

नेपालगञ्ज सडकमा भे.१ ख १६९७ नम्बरको माइक्रोबसले लु.१ ब २९३६ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिएको थियो ।


उक्त ठक्करबाट मोटरसाइकलमा सवार बर्दिया मधुवन नगरपालिका–८ घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान विकास डाँगीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । माईक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया राष्ट्रिय निकुञ्जमा बढ्दै पर्यटक

१५ माघ २०८०, सोमबार १७:००
बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्ने पर्यटनको संख्या बढ्न थालेको छ । प्राकृतिक बासस्थानमा वन्यजन्तु र प्राकृतिक सौन्दर्य नियाल्न बिदेशिसङ्गै आन्तरिक पर्यटक बर्दिया राष्ट्रिय निकुञ्ज पुग्ने गरेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा विशेष गरि प्राकृतिक बासस्थानमा बाघ हेर्न आउने पर्यटनहरुको घुइचो नै हुने गर्छ । बाघसङ्गै निकुञ्ज मुख्यालय ठाकुरद्वारामा […]