सल्यानमा जीप दुर्घटना हुँदा १२ जना घाइते

सदरलाइन संवाददाता १० कार्तिक २०७८, बुधबार १४:२२
 

सल्यान : सल्यानमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सल्यान कुमाख गाउँपालिकाको मर्मपरिकाडाबाट नेपालगन्ज जाँदै गरेको भे. १ ज.९३० नं.को महेन्द्रा बलेरो जीप कुमाख गाउँपालिका २ मा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी कुमाख गाउँपालिका २ बस्ने बर्ष ३६ का बुध्दि थापा, २१ की दुर्गा खत्री, र ३२ की लोकमाया पुन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार अन्य नौ जना घाइतेको अवस्था भने सामान्य रहेको छ ।

अन्य घाइते हुनेहरुमा जीप चालक सल्यानको बनगार कुपिण्डे नगरपालिका ४ बस्ने बर्ष २४ का लाल बहादुर बुढा, जीप मालिक कुमाख गाउँपालिका २ बस्ने बर्ष ३३ का पुर्ण बहादुर बुढा सोही गाउँपालिका वडा नं. १ बस्ने बर्ष २९ का बिशाल विक रहेको प्रवक्ता पौडेलले बताए ।


त्यस्तै कुमाख १ बस्ने बर्ष ३० का ईन्द्र बहादुर चन्द, कुपिण्डे नगरपालिका ४ बस्ने बर्ष २९ का पिपर बुढा, सिद्ध कुमाख गाउँपालिका ४ बस्ने बर्ष २१ का दिल बहादुर चालउने, उनकै श्रीमाती बर्ष २० की दुर्गा चलाउने, छोरी बर्ष २ की प्रशान्त चलाउने घाइते भएका छन् ।

त्यसैगरी कैलालीको लम्कीचुवा नगरपालिका ३ बस्ने बर्ष २८ का देब बहादुर बस्नेत पनि घाइते भएका छन् । घाइतेहरु सबैको उपचारका लागि सल्लीबजार पठाइएको र चालकलाई भने नियन्त्रणमा लिएको पौडेलले जानकारी दिए ।

उनका अनुसार जीप बुधवार विहान सवा नौ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परेको जीप सडकबाट करिब ५० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेडिकल कलेजको विवाद समाधानको प्रयास गरिँदै

१० कार्तिक २०७८, बुधबार १४:२२
नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको विवाद समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा गठित मध्यस्थता समितिले बुधवारदेखि काम थालेको छ । मन्त्रालयका उपसचिव भोलानाथ गुरागाइँको संयोजकत्वमा गठित तीन सदस्यिय समितिले अस्पतालमा आन्दोलनरत कर्मचारी र व्यवस्थापनपक्षसँग छुट्टाछुट्टै तथा सामुहिकरुपमा छलफल शुरु गरेको छ । शिक्षण अस्पतालका झन्डै ११ […]