बारबर्दियामा विद्यालय भवन शिलन्यास

सदरलाइन संवाददाता २० भाद्र २०७८, आईतवार १४:५०
 


बर्दिया : बारबर्दिया नगरपालिका वडानं ३ बेलुवाबज्यामा रहेको श्रीनेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भवनको शिलन्यास सम्पन्न गरिएको छ ।

प्लान इन्टरनेशनल नेपाल, सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल, बारबर्दिया नगरपालिकाको साझेदारीमा ‘सेफ एण्ड ईन्कुलिसिभ स्कुल टुवार्डस ईन्हेन्स रिजिलेन्स सिस्टर प्रोजेक्ट’ अन्तरगत दुइ तले ६ कोठे पक्की भवनसंगै वालमैत्री तथा लैगिंक मैत्री शौचालय निर्माणको शिलन्यास गरिएको हो ।

बारबर्दिया नगरपालिकाका नगर प्रमुख एवम उपप्रमुखको संयुक्त उपस्थितीमा सम्पन्न शिलन्यास कार्यक्रममा सस्थाले यस विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि प्लान नेपाल र बारबर्दिया नगरपालिकाको साझेदारीमा परियोजना संचालन भएको हो ।

सो दुइ तले ६ कोठे पक्की भवनसंगै वालमैत्री तथा लैगिंकमैत्री शौचालय प्लान इन्टरनेशनल नेपाल÷स्याक नेपाल बाँकेबाटको रकमः रु ८६ लाख १९ हजार ४ सय २८ रुपैया ९४ पैसा र बारबर्दिया नगरपालिकाको तर्फदेखिको रकम ९ लाख गरी निर्माणको कुल लागत ९५ लाख १९ हजार ४ सय २८ रुपैया ९४ पैसा रहेको छ ।

सस्थाका अध्यक्ष शिवलाल पाण्डेले स्याक नेपाल बाँकेले यस परियोजना अन्तरगत यसका अन्य कृयाकलापहरु प्रारम्भिक कक्षामा मोडेल क्लासरूम सिर्जना गर्न सहयोग, एसआईपी निर्माण तालिम, पुस्तक कुना निर्माण गर्न, बहिरी खेल सामाग्री निर्माण, फुलबारी निर्माण १ करोड ७ लाख ३७ हजार ८ सय अन्ठानब्बे रुपिया बराबरको परियोजना अन्तरगत कार्यक्रम संचालन हुने र यस परियोजनाको कार्य प्रारम्भ हुने १ अगष्ट २०२१, कार्य सम्पन्न १५ जुन २०२२ रहने जानकारी जानकारी दिए ।


शिलन्यास कार्यक्रमको समापन गदै बारबर्दिया नगरपालिका नगरप्रमुख दुर्गाबहादुर थारु कबिरले बारबर्दियाको सम्रग शैक्षिक बिकास तथा नमुना विद्यालयहरु बनाउनका लागि बारबर्दिया नगरपालिकाले बिभिन्न तह र तप्कासंग समन्वय सहकार्य गरिरहेको, निर्माण हुने भवनको गुणस्तर र यसको प्रभावकारीतामा सबै पक्षको बिषेश ध्यान जाने कुरामा जोड दिए ।

उनले बिगत बर्षदेखि प्लान इन्टरनेशनल नेपाल तथा स्याक नेपाल बाँकेले शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि यस नगरपालिकासंगको समन्वयमा काम गरिरहेको र यस विद्यालयमा निर्माण हुने भौतिक पुर्वाधार शिक्षाको बिकासको कडीको रुपमा रहने कुरामा जोड दिदै अन्य निर्माणका काम पुन साझेदारिमा स्याक नेपाल बाँकेको पहल रहने विश्वास व्यक्त गर्दै यस कार्यका लागि प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेलाई बिषेश धन्यबाद दिए ।

सो शिलन्यास कार्यक्रममा बारबर्दिया नगरपालिकाका उपप्रमुख अन्जु दहित, शिक्षा शाखा प्रमुख टिकानाथ गोसाइ, विद्यालय ब्यबस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षकहरुको, स्याक नेपाल बाँकेका, परियोजना कर्मचारीहरुको सहभागीता रहको थियो ।

कार्यक्रमका कोरोना संक्रमण हुन नदिनका लागि माक्स, सेनिटाइजर, अनिवार्य गरिएको र निर्माण स्थलमा कामदारहरुका लागि हेलमेट, बुट, पन्जा, ज्याकेट, आदीको ब्यबस्थापन गरिएको परियोजना अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा आइतवार ६ जनामा कोरोना पुष्टि

२० भाद्र २०७८, आईतवार १४:५०
नेपालगञ्ज : बाँकेमा आइतवार थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ७२ नमुना परीक्षण गर्दा थप ६ जनामा संक्रमण पुष्टि भएको हो । भेरीमा २ र कोहलपुर मेडिकल कलेजको प्रयोगशालामा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । बागेश्वरी […]