बाँकेमा शनिवार ७ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ६ कार्तिक २०७८, शनिबार १४:२१
 

नेपालगञ्ज : बाँकेमा शनिवार थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६६ नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ३० नमुना परीक्षण गर्दा ६, र मेडिकल कलेज कोहलपुरमा ११ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ । बागेश्वरी ल्यावमा २५ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


शनिवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ५ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३६८ पुगेको छ ।

यस्तै शनिवार थप ३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९८४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा एकको मृत्यु

६ कार्तिक २०७८, शनिबार १४:२१
नेपालगञ्ज : बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा जोशीपुर गाउँपालिका ७ कैलालीका ४९ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए । असोज २६ गतेकोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनलाई असोज २८ गते थप उपचारका […]