चन्नहवाका थारु अगुवा भन्छन् ‘अथक र फुलारामलाई भोट’

सदरलाइन संवाददाता २८ कार्तिक २०७९, सोमबार १४:३५
 

कोहलपुर (बाँके) : कोहलपुर १५ चन्नहवाका थारु अगुवाहरुले यस पटकको भोट बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई दिने प्रतिबद्धता जनाएका छन् ।

बिकासले पछाडी परेको चन्नहवा गाँउका थारु आगुवाहरुसँगको भेटमा उनिहरुले परिर्वतनको आन्दोलनमा योगदान भएका र थारु समुदायको अधिकारका लागि संघर्ष गरेका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धन बनेकोमा
खुशी व्यक्त गर्दै प्रतिनिधी सभातर्फका साझा उम्मेदवार महेश्वर जंग गहतराज –अथक)लाई गोलकार भित्रको हँसिया हथौडा र प्रदेश सभामा फुलाराम थारुलाई रुख चिन्हमा मतदान गर्ने बताए ।

उनिहरुले अब बन्ने गठबन्धनको सरकार र स्थानिय सरकार मिलेर पेडारी नालामा
पुल तथा बिद्यालयको भवन निर्माण गरिदिन माग गरे । साथै चन्नहवा गाँउसम्म जाने बाटो कालोपत्रे गर्न समेत उनिहरुको माग छ ।


स्थानियसँगको अअन्तरक्रिलयाका लागी पुगेका प्रतिनिधी सभा सदस्यका उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री महेश्वर अथकले आगामी ५ वर्ष भित्र पेडारी नालामा पुल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले विद्यालयको टिनको छानो हटाउने आफ्नो योजना रहेको भन्दै आगामी वर्ष बिद्यालय भवन निर्माण गरिने बताए ।

उनले स्थानिय सरकारसँग मिलेर काम गरि यस क्षेत्रको बिकासका काम गर्न चाहेको भन्दै कोहलपुरको युवा नेतृत्वसंग मिलेर कोहलपुरलाई आधुनिक र ट्रन्जीट सहरको रुपमा बिकास गर्ने बताए । अन्तरक्रिया कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्य, उप प्रमुख संगिता सुबेदी, लगायतको सहभागिता रहेको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बाँके १ का निर्वाचन परिचाल समिति संयोजक नरेन्द्र न्यौपाने, गठबन्धनका १ ९२० का निर्वाचन परिचालन समिती सह संयोजक दामोदर अधिकारी, नेपाली काँग्रेसका नगर अध्यक्ष एवं कोहलपुर १२ का अध्यक्ष बिरेन्द्र शाह, १५ अध्यक्ष दिपेन्द्र चौधरी, १४ का अध्यक्ष नम बहादुर आले, नगर ईन्चार्ज तुला राज बिष्ट, अध्यक्ष अवराज खड्का लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा नौ जनालाई सोधियो स्पष्टीकरण

२८ कार्तिक २०७९, सोमबार १४:३५
नेपालगञ्ज : बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै नौ जनालाई स्पष्टीकरण सोधिएको छ । आचारसंहिताविपरीत चामल बाँडेको, ब्यानर प्रयोग आचारसंहिताविपरीत भएको, तोकिएको भन्दा बढी प्रचार कार्यालय सञ्चालन गरेकोलगायतका विषयमा स्पष्टीकरण सोधिएको जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख खडानन्द अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभा […]