खजुराका लाकुरेको परिवारलाई सहयोग

सदरलाइन संवाददाता ७ फाल्गुन २०८०, सोमबार १४:२४
 

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरमा अस्थायी रूपमा बसोबास गर्दै आएका लाकुरे दमाईको परिवारका लागि आवश्यक खाद्य सामग्री सहयोग गरिएको छ ।

जीवनको ऊर्जाशील समय वर्गीय मुक्ति आन्दोलन र समाज परिवर्तनको अभियानमा बिताएका ५९ वर्षीय लाकुरेको अस्थायी बासमा अन्नपात नभएको समाचार गोरखापत्रमा प्रकाशित भएको थियो ।

खजुरा गाउँपालिकाले तत्काल केही समयका लागि पुग्नेगरी चामल, दाल, तेल, तरकारीलगायतका अन्य आवश्यक सामग्री उपलब्ध गराएको वडा २ का वडा अध्यक्ष धनीराम वलीले जानकारी दिए । विपन्न आर्थिक अवस्थाका लाकुरे बिरामी परेर थलिएपछि झन् समस्या थपिएको छ ।


वडाध्यक्ष वलीले भने, ‘पालिका तर्फबाट तत्काल खाद्यान्न सहयोग गरेका छौँ, सामूहिक भवनमा राख्ने प्रक्रिया पनि अघि बढाएका छौँ ।’ खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक, उपाध्यक्ष मञ्जु मल्ल लाकुरे बस्दैआएको घरमै पुगेर सहयोग प्रदान गरे । अध्यक्ष विकले प्रजातान्त्रिक योद्धाको अवस्था दयनीय देखिएको भन्दै पालिका तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।

लाकुरे कलेजो, मधुमेह, मिर्गौला र मुटु रोगबाट पीडित रहेका छन् । भाडामा बस्दै आएका उनीसँग भाडा तिर्ने र विद्युत महसुल समेत बुझाउने रकम छैन । लाकुरेले बस्दैआएको घरको एक वर्षसम्मको विद्युत महसुल गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले तिरिदिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागु पदार्थ दुर्ब्यसनीविरुद्ध कोहलपुरमा सकड कार्यक्रम

७ फाल्गुन २०८०, सोमबार १४:२४
कोहलपुर (बाँके) : सामुदायिक प्रहरी साझेदारी र होप फर चिल्ड्रेनको आयोजना तथा ज्ञान ज्योति माविका विद्यार्थीहरुको सहभागितामा कोहलपुरका विभिन्न क्षेत्रमा र्याली गर्र्दै लागु पदार्थ दुर्ब्यसनी विरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ । लागु पदार्थ दुर्ब्यसनीले ब्यक्ति, परिवार र समाजलाई कति असर गरिरहेको छ भन्ने दृश्यहरु नाटक मार्फत मञ्चन गर्दै ज्ञान […]