रुकुम पश्चिममा ३० हजार अस्थायी आवास निर्माण

सदरलाइन संवाददाता ३ चैत्र २०८०, शनिबार १८:०५
 

रुकुम पश्चिम : जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते राती गएको भूकम्पले क्षति पु¥याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माण भइरहेका छन् । भूकम्प गएको पाँच महिनामा भूकम्प पीडितको अस्थायी आवास निर्माणको काम अन्तिम चरण पुगेको छ ।

योे अवधिमा जिल्लाभर २९ हजार सात सय ६४ अस्थायी आवास निर्माण सम्पन्न भएका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए । जिल्लाभर दुई हजार एक सय ९२ अस्थायी आवास निर्माणको चरणमा रहेका छन् ।

जिल्लामा हालसम्म सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा नौ हजार ८३ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा नौ सय ६६ अस्थायी आवास निर्माण भएका सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिए ।


चौरजहारी नगरपालिकामा छ हजार छ सय ६८, सानीभेरी गाउँपालिकामा पाँच हजार सात सय २१, त्रिवेणीमा चार हजार तीन सय ३३ र बाँफीकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका सबै दुई हजार नौ सय ९३ अस्थायी आवास निर्माण सम्पन्न भएको सहायक प्रजिअ बढुवालले बताए ।

हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट ३१ हजार तीन सय लाभग्राहीका लागि स्थानीय विपद् न्यूनीकरण कोषमा रु २५ हजारका दरले रु ७८ करोड २५ लाख रकम पठाइएको छ । स्थानीय विपद् कोषबाट भने ३० हजार आठ सय ४१ लाभग्राहीले रु २५ हजारका दरले रु ७७ करोड १० लाख २५ हजार रकम प्राप्त गरेका छन् ।

अब जिल्लामा पहिचान भएका तीन सय ५९ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जंगली जनावरको आक्रमणबाट एक बृद्धको मृत्यु

३ चैत्र २०८०, शनिबार १८:०५
नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जको ढकेरी जंगलमा जंगली जनावरको आक्रमणबाट आइतबार बिहान एक जना बृद्धको ज्यान गएको छ । सल्यान, दार्मा गाउँपालिका वडा नम्बर १ घर भई ढकेरीस्थित आफन्त कहाँ आएका ७१ वर्षिय नगेन्द्रप्रसाद शर्माको जंगली जनावरको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक […]