आफ्नै श्रीमानले गरे श्रीमतीको हत्या

१६ चैत्र २०७४, शुक्रबार ११:०३
 

सदरलाइनडटकम  
१६ चैत , बाँके : बाँकेको डुडुवा गाउँपालिका—३ वनकट्ीका २८ वर्षिय सञ्जयकुमार बर्माले आफ्नै श्रीमती शान्तीदेवीलाई बिहिवार राती गोली हानी हत्या गरेका छन् । हत्या आरोपी बर्मालाई प्रहरीले पक्राउ गरेको छ । बर्माले राती सुतिरहेको समयमा १२ बोर बन्दुकले हानेर श्रीमतीको हत्या भएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरिक्षक रणबहादु बिष्टले बताए ।
राती ११ बजे सुतिरहेको समयमा शान्ती माथि गोली प्रहार भएको थियो । गोली प्रहारपछि भाग्न खोजेको सञ्जयलाई परिवारकै मान्छेले समातेर प्रहरीलाई बुझाएको बिष्टले बताए । मृतको कोखामा दुईवटा गोली लागेको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले पक्राउ पछि सञ्जय माथि अनुसन्धान गरिरहेको छ । उनले आफु मानसिक रोगी भएको दाबी गरे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बर्माका १२ वर्षिय छोरी छन् ।

Next Post

कालिकोटमा सरकारी गाडिको दुरुपयोग पढ्न थालेपछि स्थानीय प्रशाशनको कडाई

१६ चैत्र २०७४, शुक्रबार ११:०३
 सदरलाइन /विश्वनाथ सिम्खाडा    १६ चैत, कालिकोट  : कालिकोटमा सरकारी सवारी साधनको दुरुपयोग बढ्न थालेपछि स्थानीय प्रशासनले कडाई गरेको छ । सार्वजनिक बिदामा समेत अत्याधिक मात्रामा सरकारी सवारी साधन प्रयोगमा आउन थालेपछि स्थानीय प्रशासनले कडाई गर्दै त्यस्ता सवारी नियन्त्रणमा लिन थालेको छ ।  बिना पास बिदामा समेत सरकारी सवारी साधन आफ्नो […]