नेपालगञ्ज : नेपालगञ्जमा प्रथम संघारी भेट्रान कप फुटबल प्रतियोगिता शुरु भएको छ ।
नेपालगञ्ज रंगशालामा सुरु भएको प्रतियोगिताको उदघाटन खेलमा एक्स आर्मीले एफसी संघारी ए टीमलाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।
एक्स आर्मीका लागि लक्ष्मण घर्तीले ह्याट्रिक गरेका थिए । एक्स आर्मीबाट यामबहादुर श्रेष्ठ र नरेन्द्रबहादुर थापाले २–२ र प्रकाश विसीले १ गोल गरे ।
खेलको म्यान अफ द म्याच एक्स आर्मीका नरबहादुर थापा भए । उनलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष तरुण बज्राचार्यले पुरस्कृत गरे ।
भेट्रान कपमा जिल्लाका आठवटा क्लबले भाग लिएका छन् । प्रतियोगिताको विजेतालाई २५ हजार र उपविजेतालाई १५ हजार पुरस्कार राखिएको छ ।