तुलसीपुरमा पूर्वराजा वीरेन्द्रको शालिक स्थापना

सदरलाइन संवाददाता १५ चैत्र २०७८, मंगलवार १३:३०
 

नेपालगञ्ज : दाङको तुलसीपुर उपमहानगरपालिका–५ मा पूर्व–राजा वीरेन्द्र शाहको अर्ध कदको शालिक स्थापना गरिएको छ । तत्कालीन माओवादीले २०६२/०६३ को आन्दोलनको समयमा तुलसीपुरको वीरेन्द्र चोकमा रहेको पूर्व–राजा वीरेन्द्रको शालिक तोडफोड गरेको थियो ।

करिब १६ वर्षपछि पुनः वीरेन्द्र चोकमा वीरेन्द्रको शालिक स्थापना गरिएको हो । उपमहानगरपालिका–५ को आह्वानमा मेटिएको इतिहासलाई बचाउने प्रयास गरिएको वडाध्यक्ष वीरेन्द्र शाहले बताए ।

’आफूहरू जनप्रतिनिधि भएर आइसकेपछि वडा सरकारबाट निर्णय गराएर वीरेन्द्र चोकमा बोर्ड राख्यौ, सोहीअनुरूप मूर्ति स्थापना गर्न सफल भएका हौं। यसमा सरकारले कुनै पनि लगानी छैन’, उनले भने ।


उनले केही सहयोगी व्यक्तिहरूको झण्डै ३ लाख बराबरको लगानीमा मूर्ति स्थापना गरिएको र यसको एकमुष्ट रकम केही दिनमा सार्वजनिक गर्ने बताए । वडाध्यक्ष शाह नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।

तोडफोड भएपछि उक्त शालिक हालको राप्ती प्रादेशिक अस्पताल परिसरमा गाडिएको अवस्थामा भेटिएको थियो । क्षतिग्रस्त शालिक काम नलाग्ने भएपछि वीरेन्द्र चौकमा खाली राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

१५ चैत्र २०७८, मंगलवार १३:३०
नेपालगञ्ज : डोटीको पूर्वीचौकी गाउँपालिका–७ पोखरीको तीनट्टेमा से १ त ७८३९ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार दुर्घटनामा परि ज्यान गुमाउनेमा गौरीगङ्गा नगरपालिका–४ का ट्रयाक्टर चालक ज्ञानबहादुर चौधरी रहनु भएको छ । दुर्घटनामा […]