नेकपा बैजनाथ गाउँ कमिटीद्वारा पार्टी एकता तथा मदनआश्रीत दिवशमा रक्तदान

४ जेष्ठ २०७७, आईतवार २३:०२
 

सदरलाइनडटकम,
बैजनाथ (बाँके)  : नेपाल कम्प्युनिष्ट पार्टी बैजनाथ गाउँ कमिटिले नेपकाको दोस्रो एकता दिवस तथा मदन आश्रितको स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बैजनाथ गाउँपालिका वडा नं. ४ मा आयोजित रक्तदान कार्यक्रममा एक सय ४६ जनाले रक्तदान गरेका छन् । साथै शनिबार बैजनाथको जी गाउँ स्थित प्रभात माबिमा गरेको रक्तदान कार्यक्रममा ८९ जनाले रक्तदान गरेका थिए ।

कोरोना भाईरसको संक्रमण फैलन नदिन लकडाउन आव्हान गरेको कारण बाँकेमा रगत अभाव भएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको नेकपा बैजनाथ गाउँपालिकाका अध्यक्ष चन्द्र चौधरीले जानकारी दिए ।

उनले नेकपा पार्टीको एकतालाई बलियो बनाउन सबै लाग्नुपर्ने बताउँदै रक्तदान गरी सहयोग गर्ने प्रति धन्यवाद व्यक्त गरे । रक्तदान कार्यक्रममा स्थानीय यूवा, अगुवा, राजनीतिककर्मी लगाएतले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमको आयोजना नेकपा बैजानाथ गाँउपालिका कमिटी र राष्ट्रिय यूवा संघ बैजानाथको संयूक्त आयोजनामा भएको थियो ।

Next Post

चिनीको ट्रकमा कोरेक्स

४ जेष्ठ २०७७, आईतवार २३:०२
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके प्रहरीले भारतबाट चिनि बोकेर आएको ट्रकमा लुकाएर ल्याउदै गरेको अवस्थामा प्रतिबन्धित लागू औषध कोरेक्स सहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालत बाँके नेपालगंञ्जबाट खटिएको प्रहरी टोलीले भारतबाट आउदै गरेको जिल्ला वहराईच नानपारा बस्ने वर्ष १९ को मोनु खानले चलाएको युपी ७८ बिटी २२९५ […]