बी ग्रुप र केयर नेपालद्वारा विभिन्न समाग्री हस्तान्त्रण

सदरलाइन संवाददाता १८ बैशाख २०७८, शनिबार १७:०४
 


नेपालगञ्ज  : बाँकेमा कोरोना भाईरसको दोस्रो भेरियन्टको संक्रमण अप्रत्याशित रुपले बढेपछि कोरोना संक्रमणका बिरुद्ध जुध्नका लागि विभिन्न संघसस्थाहरुबाट सहयोगी सामान उपलब्ध गराउन थालिएको छ ।

पछिल्लो समयमा भेरी बाताबरणीय बिशिष्ठता समुह (बि–ग्रुप)ले केयर नेपालसंगको साझेदारीमा ४ लाख २६ हजार ६ सय नौ रुपैया बराबरको विभिन्न सहयोगि सामानहरु उपलब्ध गराएको हो ।

बि ग्रुपले कोरोना भाईरसको संक्रमण बिरुद्धको अभियानमा प्रयोगमा आउने सर्जिकल माक्स, हेण्ड सेनिटाईजर, ग्लोब्स, पिपिईसेट, हेण्ड वासिङ्ग लिक्वीड गरी ४ लाख २६ हजार ६ सय नौ रुपैया बराबरको समागी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई हस्तान्त्रण गरेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

बि ग्रुपका सचिव टेकबहादुर पुनले सो समाग्री जिल्ला कोभिड–१९संकट व्यवस्थापन केन्द्रका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई हस्तान्त्रण गरेका थिए । सो अवसरमा प्रजिअ गेलालले कोभिड बिरुद्धको लडाईमा सहयोगी समाग्री उपलब्ध गराएकोमा बी ग्रुप र केयर नेपाललाई धन्यबाद ब्यक्त गरे ।


उनले विपत्तीको बेलामा सहयोगी समाग्री उपलब्ध गराएर जिल्लालाई कोरोना मुक्त गराउन ठूलो सहयोग पुगेकोेले सहकार्य र सहयोग निरन्तर आवश्यक रहेको कुुरा औल्याए ।

यसअघि पनि बी ग्रुपले केयर नेपालसंगको साझेदारीमा हाई फ्लो नोजल क्यानुला ४ सेट १४ लाख १ हजार २ सय, बिआईपिएपी ८ सेट ५लाख ४२ हजार, ४ सय, पल्स अक्सिमिटर ७० थान, १ लाख ९७ हजार ७ सय ५०, फेशशिल्ड ० हजार थान ४२ लाख ५० हजार, पिपिई सेट क्याटोगरी १ को ८६१ सेट १९ लाख ९६ हजार १ सय ४०, पिपिई सेट क्याटोगरी २ को ५० सेट १ लाख३८ हजार २ सय ५०, डिस्पोजेबल ग्लोब्स, ३० बक्स २३ हजार ४ सय ७५, सर्जिकल माक्स ४५ पाकेट १६ हजार २ सय १५, सेनिटाईजर ५ लिटरको २५ जार ४६ हजार १ सय ५० र एन ९५ मास्क २ सय पिस १३ हजार ५ सय ६० गरी ८६ लाख २५ हजार ३ सय १५ बराबरको सामग्री विभिन्न समयमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र मार्फत भेरी अस्पताललाई उपलब्ध गराई सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शनिबार तीन कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

१८ बैशाख २०७८, शनिबार १७:०४
नेपालगञ्ज : बाँकेका बिभिन्न अस्पतालमा उपचाररत तीन जना कोरोन संक्रमितको उपचारको क्रममा शनिबार मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार मृत्यु हुनेमा बाँकेका २ र दाङका १ जना रहेका छन । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज ओलीका अनुसार नेपालगञ्ज ४ का ५८ […]