कोहलपुरमा अपांगता भएका व्यक्तिहरुबीच उम्मेदवार

सदरलाइन संवाददाता २३ कार्तिक २०७९, बुधबार १४:५१
 

कोहलपुर (बाँके) : मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य पदका उम्मेदवारहरुले बाँकेमा अपांगता भएका व्यक्तिहरुहरुको अधिकारलाई स्थापित गर्ने सवालमा प्रतिबद्धता जनाएका छन् ।

अपांग सशक्तिकरण तथा संचार केन्द्र डेक नेपालको आयोजना तथा ओपन सोसाइटी फाउण्डेसनको सहयोगमा बाँकेको कोहलपुरमा बुधवार भएको अर्थपूर्ण प्रतिनिधित्व तथा सहभागिताका लागि जवाफदेहिता कार्यक्रम अन्तर्गत अपांगता भएका व्यक्तिहरुबीच उम्मेदवार कार्यक्रममा सहभागि भएका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले आफ्नो चुनावी एजेण्डामा अपांगता भएका व्यक्तिहरुको सवाललाई पनि प्राथमिकता दिएको बताए ।

नेपाली काँग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नं.३ का प्रतिनिधिसभाका उम्मेदवार किशोरसिंह राठोरले आफ्नो मताअधिकारको उपयोग गर्न सबैलाई आव्हान गरे । अहिलेको संबिधानले अपांगता भएका व्यक्तिहरुको अधिकारलाई सुनिश्चित गरेको बताए । उनले त्यसको कार्यान्वयन महत्वपूर्ण भएको बताए ।

यस्तै नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभाका उम्मेदवार सूर्य ढकालले अपांगता भएका व्यक्तिहरुको जिविकोपार्जनको सवाल अहिलेको प्रमुख एजेण्डा रहेको बताए । उनले अपांगता भएका व्यक्तिहरुलाई रोजगारी र आर्थिक आयआर्जनका सवाललाई आफु र आफ्नो पार्टीले प्रमुख एजेण्डा बनाएको बताए ।


यस्तै नेकपा माओवादी केन्द्रका नेता तथा बाँके क्षेत्र नं. ३ क का स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारले राजनीतिक आन्दोलनमा अपांगता भएका व्यक्तिहरुको सवालमा पार्टी चुप लागेर नबस्ने बताए । उनले अपांगता भएका व्यक्तिहरुलाई अव भत्ता भन्दा पनि रोजगारी दिनु पर्ने बताए । उनले आफु निर्वाचित भए अपांगता भएका व्यक्तिहरुको हकअधिकार सुनिश्चिताका लागि आयोग गठनको प्रतिबद्धता जनाए ।

अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिताले मात्रै उनीहरुको हकअधिकार सुनिश्चित हुने पनि बताए ।

यस्तै कार्यक्रममा एमालेबाट बाँके क्षेत्र नं.३ क का प्रदेशसभा सदस्य पदका उम्मेदवार रत्न खत्री, एकिकृत समाजवादीका तर्फबाट बाँके क्षेत्र १ का प्रदेशसभा समानुपातिक पदका उम्मेदवार रामकृष्ण विक लगायतले पनि अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिताको प्रतिबद्धता जनाएको डेकका नेपालका अभियान्ता धिरेन्द्र विकले जानकारी दिए ।

कार्यक्रममा अपांगता अभियान्ता वीरेन्द्रराज पोख्रेल, देविदत्त आचार्य, गणेश पाण्डे, दोभाषे दीपाकुमारी थापासहित करिव दुई सयको हाराहारीमा उपस्थिति भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचनलाई लक्षित गरी नेपालगञ्जमा ‘काउन्टरपार्टस मिटिङ्ग’

२३ कार्तिक २०७९, बुधबार १४:५१
नेपालगञ्ज :  नेपालमा आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी सीमा क्षेत्रमा हुन सक्ने विभिन्न खालका अपराध जन्य अवाञ्छित गतिविधि, कृयाकलापलाई नियन्त्रण गर्नका लागि दुई पक्षिय  सुरक्षा  बैठक नेपालगञ्जमा सुरु भएको छ । नेपालको बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकाय […]