न्यायालयलाई राजनीतिक प्रभावबाट मुक्त बनाउन राष्ट्रपतिको आग्रह

९ चैत्र २०७४, शुक्रबार २२:१८
 

सदरलाइन / रुद्र सुवेदी
९ चैत, नेपालगन्ज : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको न्यायको अन्तिम अपेक्षा रहेको न्यायालयलाई राजनीतिक प्रभावबाट मुक्त बनाउनु पर्ने बताएकी छन् । शुक्रबारदेखि नेपालगन्जमा सुरु भएको नेपाल बार एशोसियसनको १४ औं सम्मेलनको उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन ।
उनले पछिल्लो समय सार्वजनिक घटनाक्रमले न्यायालयमा खराब संस्कृति मौलाउँदै गएको भन्दै न्यायालय नागरिकमुखि हुनुपर्नेमा जोड दिइन् ।
व्यक्तिगत लाभका लागि न्यायालयलाई प्रयोग गर्न नहुने भन्दै उनले न्यायपालिकामा उत्पन्न समस्यालाई सबै कानुन व्यवसायीहरु एकजुट हुँदै समाधान गर्न अनुरोध गरिन् । राष्ट्रपति भण्डारीले भनिन्, ‘संविधानले स्वतन्त्र र सक्षम न्यायपालिकाको अवधारणालाई गहिरोसँग आत्मसाथ गरेको छ, कानुनको अन्तिम व्याख्याताको रुपमा रहेको न्यायपालिकाको स्वतन्त्रतामा कहीँकतैबाट पनि आँच पर्ने कार्य सैह्य हुँदैन ।’
भण्डारीले न्यायपालिकाभित्र आएका र आउनसक्ने विकृति न्यायपालिका स्वयम्ले सुधारर्नु पर्ने सुझावसमेत दिइन् । उनले पछिल्लो समय न्यायपालिकामा गम्भीर प्रकृतिका घटना भएको बताउँदै यस विषयमा बार सम्मेलनको गम्भीर ध्यानाकर्षण हुनुपर्ने भनाइ राखिन् । न्यायपालिकाको शक्ति नै जनविश्वासमा अडेको धारणा उनको थियो । उनले लोकतन्त्रमा गम्भीर खतारा आएका बेलामा पनि बारले सडकबाट साहस प्रदर्शन गरेको स्मरण गर्दै व्यवसायिक, सक्षम र मर्यादित कानुन व्यवसायीले मात्र स्वतन्त्र न्यापालिकाको जगेर्ना गर्न सक्ने दाबीसमेत गरिन् । भण्डारीले ‘ढिलो न्याय दिनु, नदिनु सरह हो’ भन्दै बरु सयजना अपराधि छुटुन् तर एउटा पनि निर्दोश व्यक्तिले सजाउ नपाओस भन्ने कानुनी मान्यतालाई ख्याल राख्न सुझाव दिइन् ।
सम्मेलनमा कायमुकायम प्रधानन्यायाधिस दिपकराज जोशीले स्वतन्त्र न्यायपालिका न्यायधिसका लागि नभई नागरिकका लागि रहेको बताए । उनले न्यायाधिसमा क्षमताका साथमा इमान्दारिताको खाँचो पनि औंल्याए । पछिल्लो समयमा न्यायपालिकाभित्र नयाँ प्ररिस्थितिको अनुभव गर्नुपरेको पनि बताए । ‘जे जस्तो अवस्था उत्पन्न भयो, त्यो अवस्था गुज्रिसकेकोले आज ती सबै परिवेशहरु इतिहासको गर्तमा पुगिसेका छन्’ उनले भने ।
उनले न्यायपालिकाका यस्ता घटना इतिहासको सन्दर्भमा पढ्न काम लाग्ने बताउँदै थपे, ‘भविष्यमा अब कतै पनि देख्न, भोग्न र पढ्न नपरोस भनेर कामना गरौं ।’ जोशीले न्यायपालिका जोगाउन बार र बेन्चको एकतामासमेत जोड दिए ।
यस्तै, पूर्व सभामुखसमेत रहेका वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले अदालत यतिबेला चौतर्फी आक्रमणमा परेको भन्दै चिन्ता व्यक्त गरे । उनले जनआस्था बढाउनुपर्ने ठाउँमा गुटबन्दी र राजनीति घुसेको भनाइ राखे । ढुंगानाले नेपाल बारलाई स्वतन्त्र राख्न विधान नै संशोधन गर्नुपर्ने समय आएको बताए ।
सम्मेलनमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले संरचनाको अभावमा प्रदेश सरकार शुन्यबाट माथि उठेर काम गर्नुपरेको बताए । कानुन निर्माण वर्ष रहेकाले कानुन व्यवसायीसँग सहयोगको अपेक्षा पनि राखे ।
पूर्वमन्त्रीसमेत रहेका महान्यायाधिवक्ता अग्नि खरेलले न्यायालयको विवादले अदालतको पर्खाल छिचोलेर सडकमा आएको बताए । उनले यस्ता घटनाबाट शिक्षा लिएर नयाँ नेतृत्व संवेदनशिल बन्ने आशासमेत राखे । पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सम्मेलनलाई सम्बोधन गर्दै युरोपियन युनियनले संविधानमा खसआर्य र भौगालिक सीमानामा परिवर्तन गर्न सुझाव दिएको भन्दै आश्चर्य व्यक्त गरेका छन् । उनले पछिल्लो समयमा न्यायपालिकाभित्र ‘लाज’ को स्थिति देखिएको भन्दै बार सम्मेलनबाट सम्बोधन हुनुपर्ने पनि बताए ।


 

Next Post

युवा युवतीलाई लघु उद्यम तालिम प्रदान

९ चैत्र २०७४, शुक्रबार २२:१८
सदरलाइनडटकम   १० चैत, नेपालगन्ज  : सेभ द चिल्डे«नको सहयोगमा सामाजिक विकास मन्चले युवा सशक्तिकरण ‘बुलगारी परियोजना’ अन्र्तगत ३१ जना युवायुवतीहरुका लागि लघु उद्यम विकास तालिम दिएको छ । सानो लगानीमा व्यवसाय गरी स्वरोजगार बन्ने उदेश्यले बुलगारी परियोजना अन्र्तगत ती युवा युवतीलाई तालिम दिइएको हो । २०१८ मा पहिलो चरण अन्र्तगत […]