बाँकेमा पनि मनाईयो ६५ औं प्रहरी दिवश

सदरलाइन संवाददाता ३० आश्विन २०७७, शुक्रबार १८:१९
 


नेपालगञ्ज : ६५ औं प्रहरी दिवस बाँकेमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले कार्यालय परिसरमै अमर प्रहरीहरुको नाममा स्मारिका बनाएर पहिलो पटक प्रहरी दिवस मनाएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले पहिलो पटक प्रहरीका आफन्तलाई बोलाएर सम्मानसमेत गरेको छ । १० बर्षे सशस्त्र द्वन्द्वलगायत बिभिन्न काल खण्डमा साहदत प्राप्त गरेका अमर प्रहरीलाई सम्झिदै उनीहरुका परिवारलाई सम्मान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयले पहिलो पटक आफ्नै परिसरमा प्रहरी दिवस कार्यक्रमको आयोजना गरेर अमर प्रहरीलाई सम्झिदै उनका परिवारलाई सम्मान गरेकोमा खजुरा गाउँपालिका उपाध्यक्ष एवं अमर प्रहरी परिवार एकमाया बिकले खुशि ब्यक्त गरिन ।

उनले अमर प्रहरीका परिवारलाई राज्यले रोजगार, शिक्षा, स्वास्थ्यको ग्यारेण्टी गर्न नसकेकोमा दुःख ब्यक्त गर्दै आगामी दिनमा प्रहरी दिवस मनाउदा आफ्नै अमर प्रहरीको शालिकमा माल्यार्पण गरेर मनाउन पाउनुपर्ने धारणा उपाध्यक्ष बिकको थियो ।


नागरिकहरुको बिश्वास र भरोसाको केन्द्र भनेकै नेपाल प्रहरी भएकाले प्रहरी बिनाको समाजको कल्पना समेत गर्न नसकिने प्रहरी दिवस कार्यक्रमका प्रमुख अतिथि एवं बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए । उनले प्रहरीले तोकेको नतोकेको काम पनि गर्नुपर्ने भएको कारण प्रहरी बिनाको समाज कल्पना गर्न कठिन हुने बताए ।

प्रहरी दिवसको अर्थपूर्ण महत्व बढ्दै जानु अमर प्रहरीको योगादानले नै सम्भव भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए । उनले मूलुकमा शान्ति सुरक्षा र अपराध न्यूनिकरण गर्न नेपाल प्रहरीको ठूलो योगदान रहेको दाबी गरे ।

प्रहरी दिवसकै अवसरमा अमर प्रहरीका ८७ परिवारलाई सम्मानित गरिनुका साथै प्रहरी चौकी बनाउन जग्गा दान गर्नेदेखि बिभिन्न खेल र उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान गरिएको थियो ।

Next Post

सुबिसुका ग्राहकहरुलाई रिफरमा बोनस अफर

३० आश्विन २०७७, शुक्रबार १८:१९
नेपालगञ्ज :  नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले रिफरमा बोनस अफर ल्याएको छ । ग्राहकमाझ ल्याइएको अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट/टिभी सेवा आफन्त तथा साथीभाईलाइ रिफर गरी आफनो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क सेवा प्राप्त गर्न सक्ने सुबिसु नेपालगञ्ज […]

सम्बन्धित