कपिल अधिकारी प्यानललाई जिताउन दुई संगठनबीच सहकार्य (संयुक्त विज्ञप्ती सहित)

१ भाद्र २०७३, बुधबार १५:००
 

सदरलाइनडटकमbepar sang
१ भदौ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघकोे भाद्र ११ गते हुने निर्बाचनमा अध्यक्ष पदका उम्मेदवार कपिलप्रसाद अधिकारी नेतृत्वको समाबेशी तथा साझा प्यानललाई बिजयी बनाउन दुई संगठनबीच सहकार्य भएको छ ।
नेकपा एमाले निकट राष्ट्रिय बाणिज्य संघ र माओवादी केन्द्र निकट राष्ट्रिय उद्योग ब्यापार संगठनबीच सो निर्बाचनमा सहकार्य गरेर जाने सहमति भएको हो । दुबै संगठनको सहकार्यमा दुबै पक्षमा उम्मेदवारले बुधवार उम्मेदवारी समेत दर्ता गरिसकेका छन् ।
माओबादी केन्द्र निकट राष्ट्रिय उद्योग बाणिज्य संघठनका बहुमत सदस्यले समाबेशी तथा साझा समुहलाई समर्थन गर्दै निर्बाचनका कार्यगत एकता गरेको उक्त संगठनकी उपाध्यक्ष कल्पना शर्मा र राष्ट्रिय बाणिज्य संघका अध्यक्ष भाष्कर काफ्लेद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
राष्ट्रिय उद्योग ब्यापार संगठनका जिल्ला प्रवक्ता चित्रबहादुर डांगीले बहुमत सदस्यले समाबेशी तथा साझा समुहलाई समर्थन गरेको जानकारी गराउदै बुधवार नेपालगन्जमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भने,–‘कार्यसमिति मात्र होइन हाम्रो पक्षका सबै मतदाताहरुले समेत यो प्यानललाई मत दिनुहुन्छ । त्यो कुरो मत परिणामले यहांँहरुलाई पुष्टि
गर्नेछ ।’
डांगीले समाबेशी तथा साझा प्यानलमा मुस्लिम, मधेसी, जनजाती, महिलाहरु र सवल र सक्षम ब्यवसायीहरु अटाउन सकेकाले सो प्यानलाई समर्थन गर्दै आफुहरु निर्बाचनमा उत्रिएको बताएका छन् । उनले भने,–‘यसकारण हामी हाम्रो प्यानलबाट उत्साहित छौं ।’
राष्ट्रिय बाणिज्य संघका जिल्ला अध्यक्ष भाष्कर काफ्लेले राष्ट्रिय उद्योग ब्यापार संगठनबीचको सहकार्यले आफुहरु उत्साहित भएको बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समाबेशी साझा प्यानल आफ्नो पक्षमा जनमत जुटाउदै घरदौलोमा

१ भाद्र २०७३, बुधबार १५:००
सदरलाइनडटकम ३ भदौ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको भदौ ११ गते हुने निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ प्रचारमा होमिएको कपिलप्रसाद अधिकारी नेतृत्वको समाबेशी तथा साझा समूहले शुक्रबार बिभिन्न ठाउँका मतदाताहरुलाई भेटेर मत मागेका छन् । सो समूहको सचिवालयका अनुसार शुक्रबार कारकांदो, जमुनाह, अस्पतालरोड, जामामस्जिद लगायत ठाउँमा पुगेर […]