जानकी (बाँके) : केही दिनदेखि अत्याधिक चिसो बढेपछि जानकी गाउँपालिकाले विभिन्न वडामा ज्येष्ठ नागरिक, एकल महिला ,गरिब तथा अति विपन्न परिवारलाई न्यानो ब्ल्याङ्केट वितरण गरेको छ ।
जानकी ४ ले ज्येष्ठ नागरिक, एकल महिला, गरिब तथा अति विपन्न परिवारलाई न्यानो ब्ल्याङ्केट वितरण गरेको छ । वडामा रहेका ज्येष्ठ नागरिकलाई जाडो मौसममा न्यायो प्रदान गर्न सम्मान सहित ब्ल्याङ्केट वितरण गरिएको हो ।
जानकी गाउँपालिका बाँकेको वडा नम्बर ४ ले ४ सय १५ जना ज्येष्ठ नागरिक , एकल महिला ,गरिब तथा अति विपन्न परिवारलाई न्यानो ब्ल्याङ्केट वितरण गरेको छ ।
गाउँपालिका अध्यक्ष छब्बन खाँ, वडा नम्बर ४ का वडा अध्यक्ष रमेश कुमार बर्माले वडाका स्थानीयहरुलाई ब्ल्याङ्केट वितरण गरेका हुन् ।
वडा अध्यक्ष रमेश कुमार बर्माका अनुसार वडामा रहेका ७० वर्ष माथिका अति गरिब र विपन्न साथै एकल महिला गरी ४ सय १५ जनालाई विरतण गरिएको छ । उनले वडामा रहेका ज्येष्ठ नागरिकलाई जाडो मौसममा केही भएपनि राहत होस र न्यायो प्रदान गर्न सकियोस उद्देश्यले सम्मानसहित ब्ल्याङ्केट वितरण गरिएको बताए ।
त्यस्तै पालिका अध्यक्ष छब्बन खाँले चिसोका कारण समस्यामा परेका मानिसहरुलाई ब्ल्याङ्केट वितरण गरिको बताए । ज्येष्ठ नागरिक , एकल महिला ,गरिब तथा अति विपन्न परिवारका समस्यामा परेका मानिसहरु लाई न्यानो ब्ल्याङ्केट वितरण गरेको अध्यक्ष खाँको भनाई छ ।
कार्यक्रममा वडा सदस्यहरु, विपद तथा वातावरण शाखाका प्रमुख राजेन्द्र वाजपेयी, वडाका कर्मचारीहरु साथै स्थानियहरुको समेत उपस्थिती रहेको थियो ।