बाँके २ (क) का उम्मेदवार हमालको चुनावी अभियान तीब्र

सदरलाइन संवाददाता २१ कार्तिक २०७९, सोमबार १३:५६
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ का मतदाताले कांग्रेसका उम्मेदवारलाई नै भोट हाल्ने अठोट लिएका छन् । आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताउने अभियानमा आफूहरु जुटेको सोमबार बिहान घरदैलोका क्रममा बाँके, प्रदेश सभा–२ (२) का उम्मेदवार सुरेन्द्रबहादुर हमाल समक्ष मतदाताले यस्तो बताएका हुन् ।

आफ्नो पुर्खाहरुले पनि कांग्रेस मै भोट हाल्दै आएको र आफूले पनि कांग्रेस मै भोट हाल्ने मतदाताको भनाई छ । ‘हाम्राबुवा र बाजेले कांग्रेसमा भोट हाल्नु भयो, हामीले पनि कांगे्रेस बाहेक यो देशमा राम्रो पार्टी अहिलेसम्म देखेनौं, त्यसकारण हाम्रो भोट कांग्रेसका उम्मेदवारलाई नै जान्छ,’ एक स्थानीयले भने ‘यो देशलाई अप्ठ्यारो परेको बेला बचाउने पार्टी भनेकै नेपाली कांग्रेस हो ।’


त्यसै क्रममा उम्मेदवार हमालले वडा नम्बर २ न्युरोडस्थित भानुभक्तचोकमा हाईमस्ट लाईट जडान गर्नुका साथै २ नम्बरमा अधुरा काम पूरा गर्नेप्रति आफू प्रतिबद्ध भएको बताए । सबैजना कांग्रेसलाई जिताउने अभियानका रुपमा अगाडी बढ्न आग्रह गरे ।

नेपाली कांग्रेस नेपालगञ्ज वडा नम्बर २ द्वारा आयोजित घरदैलो अभियान बागेश्वरी पार्कबाट सुरु भएर वडा नम्बर २ को न्युरोड, बौद्धगुम्बा, बसपार्क, विकास नगर र सुर्खेतरोड हुँदै वडा नम्बर २ को सम्पर्क कार्यालयमा पुगेर समापन गरिएको थियो । घरदैलो कार्यक्रममा प्रदेश सभा सदस्य पदका उम्मेदवार हमालसहित जिल्ला, क्षेत्र, प्रदेश सभा, नगर र वडा तहका नेताकार्यकर्ता, सर्बसाधारण लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुपन्देहीको देवदहमा दम्पती मृत फेला

२१ कार्तिक २०७९, सोमबार १३:५६
नेपालगञ्ज : रुपन्देहीको देवदहमा एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् । देवदह नगरपालिका–५ पाल्पाली टोलमा सोमबार बिहान श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् । घर भित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा फेला परेको प्रहरीले […]