प्रथम किशोर सिंह राठौर यु–१६ कप, आदर्श हाईस्कुल विजयी

सदरलाइन संवाददाता ११ पुष २०८०, बुधबार १८:२३
 

नेपालगञ्ज : आदर्श हाई स्कुलले प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । नेपालगञ्जको मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा आदर्शले पशुपति इङलिस मिडियम हाईस्कुललाई ९ विकेटले पराजित गरेको छ ।

शुरुआतमा ब्याटिङ गरेको पशुपतिले ११.४ ओभरमा ५२ रन बनाएर अलआउट भएको थियो । टोलीका लागि अमन बर्माले १३ रन, अनन्त जोशीले ११ रन बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । आदर्शका जीवन बटालाले ३ विकेट, नितेश न्यौपाने र मंयक कुमार सौयले २–२ विकेट लिए ।

झिनो विजयी लक्ष्य पाएको आदर्शले ४.१ ओभरमा १ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । आदर्शका लागि अनुप जोशीले अविजित १७ रन, टोपेन्द्र रोकायले १४ र मंयक कुमारले अविजित ३ रन बनाए । आदर्शले २३ रन अतिरिक्त पाएको थियो ।

पशुपतिका अनुप कार्कीले १ विकेट लिए । खेलमा म्यान अफ द म्याच घोषित आदर्शका जीवन बटालालाई खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले पुरस्कृत गरिन् । ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगिताको बाँकेका १६ टिमले सहभागिता जनाएका छन् ।


आयोजक ज्योति स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीका अनुसार प्रतियोगिताको समुह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल र मंगल प्रसाद उच्च मावि रहेका छन् ।

यसैगरी समुह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी मावि, ब्राइटल्यान्ड, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति हाईस्कुल, आदर्श, मोर्डन, महेन्द्र र आइडियल पब्लिक स्कुल रहेका छन् ।

प्रतियोगितामा सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिस्पर्धा गराउने तयारी गरिएको छ ।

प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटसम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सहकारी रकम हिनामिना मुद्दामा १९ जना दोषी ठहर

११ पुष २०८०, बुधबार १८:२३
नेपालगञ्ज : बाँके जिल्लाकै पुरानो मानिने “सहकारी बित्तीय संस्था लिमिटेड“को रकम अपचलन मुद्दामा जिल्ला अदालत बाँकेले १९ जना दोषी ठहर गरेको छ । सहकारी बित्तीय संस्था लिमिटेडको रकम अपचलन मुद्दामा जिल्ला अदालत बाँकेका न्यायधीश इन्द्र बहादुर कठायतको एकल इजलासले १९ जनालाई दोषी ठहर गरेको हो भने उक्त मुद्दामा २१ जनालाई […]