शुक्रवार बाँकेमा १६ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ८ श्रावण २०७८, शुक्रबार १७:००
 

नेपालगञ्ज : बाँकेमा आज थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ३३५ नमुना परीक्षण गर्दा १६ जना नयाँ संक्रमित थपिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

नेपालगन्ज स्थित भेरी अस्पतालको प्रयोगशालामा २१४ नमुना परीक्षण गर्दा १५ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ६७ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

बागेश्वरी ल्याबमा ५४ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको बताइएको छ । हालसम्म जिल्लाका प्रयोगशालामा ८७ हजार ५०४ नमुनाको पीसीआर परीक्षण सम्पन्न भईसकेको छ । संक्रमण पुष्टि भएकामध्य जिल्लाका ६ जना मात्र छन् । संक्रमणबाट निको भएर थप १० जना डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूमि सम्बन्धी समास्या समाधान आयोग कायम गर्न मागगर्दै ज्ञापन

८ श्रावण २०७८, शुक्रबार १७:००
नेपालगञ्ज : राष्ट्रिय भूमि अधिकार मञ्च बाँकेले भूमि सम्बन्धी समस्या समाधान आयोग मार्फत भूमिहिन दलित, भूमिहिन विपन्न एवं सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानको लागि अबिलम्ब पहल गर्न ध्यानाकर्षण गर्दै जिल्ला प्रशाशन कार्यालय बाँके मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छ । मञ्च बाँकेका अध्यक्ष तारादेवी हरिजनले हालको अवस्थामा संघिय सरकारको […]