मेलमिलापकर्तालाई पुनः ताजगी तालिम

५ माघ २०७५, शनिबार १८:२५
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिकाले आयोजना गरेको मेलमिलाप कर्ताहरुका लागी पुनः ताजगी तालिम शनिवार सम्पन्न भएको छ । समापन समारोहलाई सम्बोधन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले मुलुककै नमूूना न्याय दिने गाउँपालिकाको रुपमा स्थापित गर्न सहभागीलाई आग्रह गरे ।
उनले मेलमिलापकर्ताहरुले आफूले मेलमिलाप गराउँदा दुधको दुध, पानीको पानी बिना पूर्वाग्रही ढंगबाट काम गर्ने बिश्वास लिएको बताए । प्रमुख कक्षपतिले सबैले सकारात्मक सोचका साथ काम गर्न आग्रह समेत गरे । खजुरा गाउँपालिका उप प्रमुख तथा न्यायिक समिति संयोजक एकमाया बिकले सबैलाई अनुभूत हुने न्याय दिलाउने अभिभारा मेलमिलापकर्तामा आएको बताईन् ।
उनले खजुरा गाउँपालिकाका ८ वटै वडा एउटै यात्रामा छौं, त्यसैले एक ठाउँमा गल्ती भए सिंङ्गो पालिका नै बदनाम हुने भन्दै त्यसतर्फ सजग रहन सबैलाई आग्रह गरिन् । कार्यक्रममा सहभागीको तर्फबाट आफ्नो धारणा राख्दै जीवनाथ सापकोटा र नशिरुल निशाले तालिमले आफूहरुलाई उर्जा थपेको बताए ।
पुनः ताजगी तालिममा खजुरा गाउँपालिका ८ वडाबाट १५ महिला र ३५ पुरुष गरी ५० जनाको सहभागिता रहेको थियो । तालिम अधिवक्ता भानुभक्त रिजाल र राधेश्याम थारुले दिएका थिए ।

Next Post

मुस्लिम पहिचानसहितको समुदाय हो : सभापति देउवा

५ माघ २०७५, शनिबार १८:२५
पोखरा, रासस : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मुस्लिम धर्मावलम्बी आफ्नो धर्मप्रति पूर्ण आस्थावान् र आफ्नै पहिचान बोकेको समुदाय रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेसको पोखरास्थित पार्टी कार्यालयको परिसरमा आज नेपाल मुस्लिम सङ्घ, प्रथम गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले मुलुकको आर्थिक, बौद्धिक र सामाजिक क्षेत्रमा मुस्लिम समुदायले गरेको योगदानलाई […]