विनोद अग्रहरीले सार्वजनिक गरे बाचा पत्र

सदरलाइन संवाददाता १९ कार्तिक २०७९, शनिबार १४:५५
 

नेपालगञ्ज : बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टिका तर्फबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका विनोद अग्रहरीले समृद्ध बाँकेको लागि बाचा पत्र सार्वजनिक गरेका छन् ।

शनिवार पत्रकार भेटघाटको आयोजना गरि अग्रहरीले आफ्नो बाचापत्र सार्वजनिक गरेका हुन् । शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, सुन्दर सहर र उच्चतम प्रविधिलाई बाचापत्रमा अग्रहरीले उल्लेख गरेका छन् ।


समस्या मात्र देखाएर आफुले जनतासंग साथ नमागेको बताउँदै उनले समस्याको समाधान सहित जनतामाझ पुगिरहेको बताएका थिए । उनले बाँके जिल्लाको खस्कदै गएको अवस्था देखेर युवा पुस्तालाई चिन्तित बनाएको भन्दै यसलाई सुधार गर्न आफुले प्रतिनिधि सभामा उम्मेदवारी दिएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कांग्रेस उम्मेदवारको दौडधुप बढ्यो

१९ कार्तिक २०७९, शनिबार १४:५५
नेपालगञ्ज : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आउन १४ दिन बाँकी रहँदा उम्मेदवारहरुको दौडधुप बढेको छ । नेपाली कांग्रेसका उम्मेदवारहरुले आज पनि विहानैदेखि घरदैलो र भेटघाटलाई निरन्तरता दिएका छन् । कांग्रेस उम्मेदवारहरुले आइतवार विहान नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मा घरदैलो गरेका छन् । वडा नम्बर १२ […]