जमुनाहा नाकामा फेरि कोभिड संक्रमण पुष्टि

सदरलाइन संवाददाता २२ पुष २०७९, शुक्रबार १३:२५
 

नेपालगञ्ज : नेपालगञ्जस्थित जमुनाहा नाकामा शुक्रवार फेरि एक जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

जमुनाहा नाकामा आज कोभिड जाँच गर्दा बर्दियाका २७ वर्षीय पुरुषमा कोभिड पुष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।


गत असोज १ गतेपछि बाँकेमा पहिलोपटक गत पुस १४ गते जाजरकोेटीकी एक महिलामा कोभिड पुष्टि भएको थियो । बाँकेमा साढे तीन महिनापछि फेरि कोभिड भेटिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हुम्लामा हवाई सेवा अवरुद्ध

२२ पुष २०७९, शुक्रबार १३:२५
नेपालगञ्ज : हिमाली जिल्ला हुम्लामा हवाई सेवा हावाहुरीले अवरुद्ध भएको छ । बिहीबारदेखि जिल्लामा हावाहुरी चल्दा शुक्रवार पनि हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका कारण आफ्नो सेवा अवरुद्ध भएको जनाएका छन् । जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने […]