सदरलाइनडटकम,
झापा : ठूलो परिमाणको प्रतिबन्धित औषधिसहित झापामा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र अस्थायी प्रहरी चौकी कुटीबाट खटिएका प्रहरी टोलीले २२ लाख बढी मूल्य बराबरको यौनवर्धक औषधि तथा विभिन्न ब्राण्डका आयुर्वेदिक र एलोपेथिक औषधिसहित बाह्रदशी गाउँपालिका ४ बस्ने २४ बर्षीय सम्दान हुसेन, सोही ठाउँका २२ वर्षीय इतियाज आलम, २८ बर्षीय ताहिर आलम र भारत जंगपुरी दिल्ली घर भई हाल काठमाडौं जोरपाटी बस्ने ३२ वर्षीय फुन्चोक लामालाई पक्राउ गरेको हो ।
भारतको किशनगञ्ज जिल्लास्थित डिगलबैंक र धनतोला हुँदै झापाको कचनकवल र बाह्रदशी नाकाबाट नेपाल भित्रइएको १४ कार्टुन अर्थात नेपाली बजार मूल्य करिब २२ लाख बढीको औषधि बरामद गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए ।
Next Post
मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु
१७ चैत्र २०७५, आईतवार १४:१४
सम्बन्धित
-
२ जेष्ठ २०८०, मंगलवार १२:१५
नेपालगञ्ज मेडिकल कलेजको बस दुर्घटना हुँदा ६ जना घाइते
-
१९ चैत्र २०७६, बुधबार १५:५३
बाँकेमा २१ जना थुनामुक्त
-
३ असार २०७६, मंगलवार १८:४५
भैरहवा विमानस्थलमा पेस्तोलसहित भारतीय पक्राउ
-
१० श्रावण २०७६, शुक्रबार १९:१९
बाँकेका स्थानीय तहको वार्षिक समिक्षा
-
७ फाल्गुन २०७९, आईतवार १४:२२
नेपालगञ्ज–१२ मा नेपाली काँग्रेसको वडा भेला सम्पन्न