नेपालगञ्जमा तीनसय क्विन्टल धान खरीद

सदरलाइन संवाददाता ५ पुष २०७८, सोमबार १५:२६
 

नेपालगञ्ज : नेपालगञ्जको खाद्य कम्पनीले अहिलेसम्म करिव तीनसय क्विन्टल धान खरिद गरेको छ । डेढ हप्ताको अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एक सय ३० क्विन्टल मोटा धान र एक सय ४७ क्विन्टल मध्यमगरी दुई सय ७७ क्विन्टल धान खरिद गरेको कम्पनीका सूचना अधिकारी अनिल महत्तोले जानकारी दिए ।

खाद्य कम्पनीले गएको मंसिर २६ गतेबाट किसानसँग धान किन्न शुरु गरेको हो । मोटा धान प्रति क्विन्टल दुई हजार सात सय ५२ र मध्यम धान प्रतिक्विन्टल दुई हजार नौ सय दुई रुपैयाँमा खरिद गरिरहेको छ ।


कम्पनीले गएको वर्षभन्दा खरिद कोटा आधा कटौती गरेर ढिलोगरी धान किन्न शुरु गरेको हो । चालू आर्थिक वर्षमा २५ हजार क्विन्टल मोटा र पाँच हजार क्विन्टल मध्यम धान खरिदको लक्ष्य राखेको छ ।

वेमौसमी वर्षाका कारण धान विग्रिएकाले कम्पनीले धानको गुणस्तर जाँचेरमात्रै किसानबाट खरिद गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा २ लाखले कोभिडविरुद्ध खोपको मात्रा पुरा गरे

५ पुष २०७८, सोमबार १५:२६
नेपालगञ्ज : बाँकेमा करिव दुई लाखले कोरोनाविरुद्धको खोपको मात्रा पुरा गरेका छन् । स्वास्थ्य कार्यालय बाँकेका खोप कार्यक्रमका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार एक लाख ९७ हजार पाँच सय १७ जनाले खोपको मात्रा पुरा गरेका हुन् । खोप लगाउने लक्षित समूह १८ वर्ष उमेरमाथिका ४ लाख ६ हजार १ सय ६५ […]