नेवार समुदायमा बुधवार म्हःपूजा, नेपाल संवत ११४३ पनि शुरु

सदरलाइन संवाददाता ९ कार्तिक २०७९, बुधबार १४:२४
 

नेपालगञ्ज : नेवार समुदायमा म्हः अर्थात (आत्म) पूजा समेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन बुधवार नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

यस वर्ष मंगलवार र बुधवार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुर लगायत केही ठाउँमा भने हिजो नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ ।

यसैगरी एकथरी नेवार समुदायले मंगलवार नै म्हः (आत्म) पूजा गरेका छन् । अर्काथरीले भने बुधवार गर्दैछन् ।


मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।

आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भइ आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ ।

नेपाल संवत ११४३ पनि आजदेखि सुरु भएको छ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउनसुगर सहित सुर्खेतमा १ जना पक्राउ

९ कार्तिक २०७९, बुधबार १४:२४
सुर्खेत : सुर्खेत प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा, सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ गण्डकी लाईन बस्ने बर्ष अं. २८ को सन्तोष बैगार रहेका छन् । उनलाई लागू औषध नियन्त्रण व्युरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट सादा पोसाकमा खटिएको प्रहरी […]