ग्रामीण भेगमा प्रतिनिधि सभा बाँके क्षेत्रनं.२ का उम्मेदवार दिवाकर खनाल

सदरलाइन संवाददाता ३ कार्तिक २०७९, बिहीबार १६:३४
 

नेपालगञ्ज :  आगामी मंसिर ४ मा सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचनमा बाँके क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनमा उम्मेदवार बनेका हिन्दूवादी नेता दिवाकर शर्मा खनाल ग्रामीण भेगमा घरदैलो गर्दै आएका छन ।

अर्ना चुनावी चिन्ह लिएर निर्वाचनमा होमिएका नेता खनाल यती बेला आफ्ना क्षेत्रमा भएका हिन्दूहरुको समस्यालाई बुझ्दै आफ्नो प्रचार अभियानलाई तीब्र पारेका छन् । हिन्दू धर्मलाई राजनीतिसंग जोड्न नहुन भन्दै आएका कतिपय व्यक्तिहरुले समेत खनालको अभियानलाई स्वागत गरेको उनको दाबी छ ।

उनले आफ्नो जित भन्दा पनि हिन्दू समुदायको एकतालाई मुख्य मुद्धाको रुपमा उठान गरेको बताउदै अन्य धर्महरुको समेत संरक्षणाको बाटोमा हिन्दू धर्म भएको हुदाँ यसको संरक्षण गर्नु पर्ने र्तक अघि सारेका छन ।


हिन्दुहरुको अवस्थालाई विगत लामो समयदेखि विश्लेषण गर्दै आएको बताउने प्रतिनिधि सभा सदस्य खनालले हिन्दूको मतलाई सधै राजनीतिक रुपमा प्रयोग गर्दै अन्य राजनीतिक दलले आफ्नो स्वार्थ सिद्धिको लागि गरेको हुदाँ आफ्नो उम्मेदवारी भएको बताए ।

शिवसेना लगायतको संगठनको साथ सहयोग पाउँदै आएका उम्मेदवार खनाल नेपाली कांग्रेसका पुराना नेता थिए । नेपाली कांग्रेस नेता स्वर्गिय खुमबहादुर खड्काले समेत हिन्दू धर्मको पक्षमा वकालत गरेको हुदाँ नेपाली कांग्रेसमा समेत हिन्दू धर्मको आवश्यकता भएको मान्ने खेमाहरुको आफुलाई सहयोग हुने उम्मेदवार खनालको दावी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिँचाइको माग गर्दै नरैनापुर जमुनीवासी

३ कार्तिक २०७९, बिहीबार १६:३४
नरैनापुर (बाँके)  : बाँकेको नरैनापुर गाउँपालिका वडा न ६ जमुनीका वासिन्दाले सिचाइको माग गरेका छ्न । बिहीबार बाँके क्षेत्रन १ क लुम्बिनी प्रदेश सभा उम्मेदवार कृष्णा केसी संग नमुना भेटघाटको क्रममा जमुनीका मतदाताले नरैनापुर सुख्खा क्षेत्र भएकोले सिँचाइका लागि माग गरेका हुन । भेटघाट स्थानीयले आफुहरु वर्षौदेखि अध्यारोमा बस्न बाध्य […]

सम्बन्धित